सोमबार, साउन २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • रचनात्मक विद्रोह गर्न शेखर समूहका कार्यकर्ताद्वारा नेताहरुलाई आग्रह

रचनात्मक विद्रोह गर्न शेखर समूहका कार्यकर्ताद्वारा नेताहरुलाई आग्रह

नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका कार्यकर्ताहरुले रचनात्मक विद्रोह गर्न आग्रह गरेका छन्। पछिल्लो समय भातृसंस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिहरुलाई मनोनय गरेपछि शेखर समूहका युवा तथा विद्यार्थीहरुले आफ्नो समूहका नेताहरुले रचनात्मक विद्रोह गर्न आग्रह गरेका हुन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका कार्यकर्ताहरुले रचनात्मक विद्रोह गर्न आग्रह गरेका छन्। पछिल्लो समय भातृसंस्थामा सभापति शेरबहादुर देउवाले आफू अनुकूलका व्यक्तिहरुलाई मनोनय गरेपछि शेखर समूहका युवा तथा विद्यार्थीहरुले आफ्नो समूहका नेताहरुले रचनात्मक विद्रोह गर्न आग्रह गरेका हुन्। 

शेखर समूहका युवा तथा विद्यार्थी नेताहरुले आफ्नै समूहका नेताहरुले त्यसविरुद्ध ठोस कदम नचलाएको आरोप लगाएका छ्न्। उनीहरुले आफ्नै समूहका नेताहरुलाई भेटेर वर्तमान पार्टी नेतृत्वको बिरुद्धमा रचनात्मक विद्रोहका लागि तयार रहन आग्रह गरेका हुन्। 

लामो समय विद्यार्थी राजनीति गरेर अहिले नेपाली कांग्रेसका महासमिति सदस्य, महाधिवेसन प्रतिनिधि र उपत्यकाका विभिन्‍न क्याम्पस ईकाइ सभापतिहरुले ध्यानाकर्षण पत्र नेता शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेता अर्जुननरसिंह केसी, डा. रामशरण महत,  बलबहादुर केसी, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, पूर्व केन्द्रीय सदस्य हृदयराम थानी, नेविसंघका पूर्व अध्यक्ष गुरुराज घिमिरेलाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

शेखर समूहका युवा कार्यकर्ताहरु निरन्जन थापा, पुष्कर बास्तोला, लक्ष्मी दहाल, विष्णु खड्का, अमृत ज्ञावाली, पेम्बा शेर्पा, सागर पाण्डे, विश्व लामा, कौशिला गुरुङले ध्यानाकर्षण पत्र बुझाएका हुन्।


 


प्रकाशित: Aug 13, 2022| 18:52 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...