शुक्रबार, मंसिर १२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना : घाइतेको हेलिकोप्टरमार्फत उद्धार, कोहलपुरमा उपचार हुँदै

रुकुमपूर्वमा प्रहरीको भ्यान दुर्घटना : घाइतेको हेलिकोप्टरमार्फत उद्धार, कोहलपुरमा उपचार हुँदै

दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरीका डीएसपी रुकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ घाइते भएका छन्। दुर्घटनामा परी प्रहरी हवल्दार भ्यान चालक कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा मगर, लक्ष्मण पुन र इन्द्र घर्ती घाइते भएका छन्। घाइतेमध्ये डीएसपी श्रेष्ठ, हवल्दार डाँगी र प्रहरी जवान बुढालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् कोहलपुरस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

बुटवल- निरीक्षणका लागि गएको जिल्ला प्रहरी कार्यालयको भ्यान दुर्घटना हुँदा दुई प्रहरी नायब उपरीक्षक (डीएसपी)सहित ६ जना घाइते भएका छन्। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लो सेरा नजिकै लु १ झ ६६० नम्बरको भ्यान शनिबार बिहान ११ बजे दुर्घटना भएको थियो । 

National life

दुर्घटनामा परी जिल्ला प्रहरी प्रमुख डीएसपी प्रकाश डाँगी र सशस्त्र प्रहरीका डीएसपी रुकुम पूर्व गणका प्रमुख रविन्द्र श्रेष्ठ घाइते भएका छन्। दुर्घटनामा परी प्रहरी हवल्दार भ्यान चालक कुमारसिंह डाँगी, प्रहरी जवान सन्तोष बुढा मगर, लक्ष्मण पुन र इन्द्र घर्ती घाइते भएका छन्। घाइतेमध्ये डीएसपी श्रेष्ठ, हवल्दार डाँगी र प्रहरी जवान बुढालाई नेपाली सेनाको हेलिकप्टरमार्फत् कोहलपुरस्थित शिक्षण अस्पताल पुर्‍याइएको छ।

घाइते प्रहरीलाई एम्बुलेन्समा राखेर उपचारका लागि लगिँदै। 

तकसेरा रूकुम पूर्वको प्रहरी टोली र स्थानीयको सहयोगमा उद्धार गरी घाइते प्रहरी कर्मचारीहरूलाई पुथा उत्तर गंगा गाउँपालिका- ११ डिखिउ भन्ने स्थानमा रहेको हेलिप्याडमा लगी नेपाली सेनाको हेलिकप्टरद्धारा थप उपचारको लागी कोहलपुर मेडिकल कलेज पठाइएको हो। प्रहरी जवान पुनको टाउको चोट लागेको र अवस्था गम्भीर रहेको जनाइएको छ। 

अनुगमन तथा नियमित कामको शिलशिलामा बिहान जिल्ला सदरमुकाम रुकुमकोटबाट प्रमुख जिल्ला अधिकारी सहितको टोली तकसेरातर्फ गएको थियो। गन्तव्यमा पुग्न केही मिनेटको दूरीमा उक्त दुर्घटना भएको हो। दुर्घटनापछि उक्त भ्यान सडकभन्दा झण्डै सय मिटर तल पुगेको बताइएको छ।

Laxmi sunrise bank
kumari


 

प्रकाशित: Aug 13, 2022| 18:17 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।