शनिबार, मंसिर ६, २०८२

खेलकुद पत्रकार मञ्च कैलाली अध्यक्षमा पाठक

मञ्चको शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

धनगढी– नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन्। मञ्चको शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन्। 

National life

यस्तै, मञ्चको प्रथम उपाध्यक्षमा शंकर बोहरा, उपाध्यक्षमा दिनेशबहादुर विष्ट र गगन अयडी, महासचिवमा हरि जोशी, सचिवमा विराज रोश्यारा र कोषाध्यक्षमा नवराज पनेरु चयन भएका छन्।

मञ्चको सदस्यमा निराजन परियार, सविता बुढा, डिल्लीराज ओझा, पाण्डव पुजारा र निर्मला खडायत रहेका छन्। यसअघि खेलकुद पत्रकार मञ्चका अध्यक्ष सीताराम ओझाको अध्यक्षता र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भरत शाहको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम भएको थियो। 

कार्यक्रममा खेलकुद पत्रकार मञ्चका महासचिव प्रज्ज्वल ओली र पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले शुभकामना मन्तव्य व्यक्त गरे। बन्दसत्रमा मञ्चका महासचिव प्रदीप पाठकले सांगठनिक र कोषाध्यक्ष हरि जोशीले २३ लाख १ हजार ५७० आयव्ययसहितको आर्थिक प्रतिवेदन पेस गरेका थिए। मञ्चको समन्वय शाखा कैलालीले बर्सेनि स्पोर्टस् अवार्ड कार्यक्रम आयोजना गर्दै आएको छ।

मञ्चकै आयोजनामा मिडिया कप फुटसल प्रतियोगिता आयोजना गरेको थियो भने कोरोनाकालमा जोखिम न्यूनीकरणका लागि मञ्चका सदस्यको कोरोना बिमा गरेको थियो। गत आर्थिक वर्षमा प्रदेश खेलकुद परिषद् सुदूरपश्चिमको सहकार्यमा खेलकुद पत्रकारिता तालिम आयोजना गरिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 13, 2022| 16:53 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।