सोमबार, जेठ २५, २०८३

देउवाले हेपे, ४० प्रतिशत चाहिन्छ : शेखर समूह

राष्ट्रिय सभा निर्वाचन, स्थानीय तह निर्वाचन, केन्द्रीय समिति सदस्य र भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा सभापति देउवाले एकलौटी गरेकाले अबको मनोनयन भागबन्डामै हुनुपर्ने शेखर समूहको माग।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर शेखर कोइराला समूहको शनिबार बैठक बसेको छ। बैठकमा सहभागी नेताहरुले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यायोचित व्यवहार नगरेको दाबीसहित अब भागबन्डा खोज्नुपर्ने अवस्था आएको बताएका छन्।

National life

पत्रकारसँग कुरा गर्दै नेता गुरुराज घिमिरेले सभापति देउवाको अहिलेसम्मको व्यवहार हेर्दा आगामी संसदीय निर्वाचनमा पनि न्यायोचित व्यवहार गर्ने नदेखिएको बताए।

‘८ महिनामा भएका एक दर्जन निर्णयमा प्रतिस्पर्धी समूहका एक जनालाई पनि समेट्नुभएको छैन। राष्ट्रिय सभाको निर्वाचन, स्थानीय तह निर्वाचन, केन्द्रीय समिति सदस्य मनोनयन, भ्रातृ संस्थाको अध्यक्ष मनोनयनमा प्रतिस्पर्धी समूहका व्यक्तिसँग सल्लाह गर्नुभएन। समेट्दा पनि समेट्नुहुन्न। यसबाट के बुझियो भने आगामी संसदीय निर्वाचनमा पनि उहाँले समेट्नुहुन्न,’ घिमिरेले भने ।

न्यायोचित निर्णय नहुने भए भागबन्डामा जानुपर्ने उनको तर्क छ। ‘सभापति देउवाले पार्टीभित्र न्यायोचित निर्णय गर्नुुहुन्न भने ४० प्लस चाहियो,’ घिमिरेले भने, ‘सभापतिको अभिभावकीय ठाउँबाट सोचेर अगाडि बढाउनुभएको भए यो विवाद आउने थिएन। अब अस्तित्वको लडाइँ लड्नुपर्ने भयो।’

प्रकाशित: Aug 13, 2022| 16:39 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...