सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राप्रपाको जोडबलमा कांग्रेस, एमाले राजा र हिन्दु राष्ट्रको पक्षमा उभिन्छन् : अध्यक्ष लिङ्देन

राप्रपाको जोडबलमा कांग्रेस, एमाले राजा र हिन्दु राष्ट्रको पक्षमा उभिन्छन् : अध्यक्ष लिङ्देन

माओवादीका कारण संविधानसभाको ‘स’ पनि सुन्न नचाहने कांग्रेस–एमाले गणतन्त्रमा सहमत भएजस्तै राप्रपा बलियो हुनासाथ राजा ल्याउन सहमत हुने लिङ्देनको दाबी।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बलियो हैसियत बनाउन सके कांग्रेस र एमालेलाई राजसंस्था र हिन्दु राज्यमा सहमत गराउन सकिने दाबी गरेका छन्। शनिबार राप्रपाले काठमाडौंमा गरेको कार्यक्रममा हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाका लागि राप्रपाको मात्र दुई तिहाइ बहुमत नचाहिने बताए।

National life

‘धेरै शुभेच्छुकलाई भ्रम छ, भोट मागेर, कति सिट ल्याएर राजा ल्याउने हो। हिन्दु राष्ट्र ल्याउने हो। कहिले संघीयता फाल्ने हो भन्नुहुन्छ,’ अध्यक्ष लिङ्देनले भने, ‘तर मलाई विश्वास छ, राप्रपाजस्तो पार्टीले दुई तिहाइ बहुमत नल्याए पनि एउटा बलियो हैसियत प्राप्त गरेपछि यही कांग्रेस–एमालेलाई यो देशमा कुनै न कुनै प्रकारको राजा चाहिन्छ, हिन्दु राष्ट्र चाहिन्छ, संघीयता चाहिँदैन भन्ने वातावरण बनाउन सकिन्छ।’

पहिले संविधानसभा पनि नचाहेको कांग्रेस र एमाले माओवादी केन्द्रको प्रभावमा परेर संघीयता, गणतन्त्र र धर्म निरपेक्षमा सहमति जनाएको लिङ्देनले सुनाए। ‘माओवादीले ठोकेर ल्याएपछि संविधानसभाको ‘स’ पनि सुन्न नचाहने कांग्रेस–एमाले गणतन्त्र, धर्म निरपेक्षता, संघीयतामा सहमत भएका हुन्,’ लिङ्देनले भने, ‘एउटा शक्ति निर्माण भएपछि  कांग्रेस, एमाले कुनै पनि बेला फेरिने रहेछन्।’

कांग्रेस–एमालेका कतिपय नेताहरूले धर्म निरपेक्षता, सघीयता र गणतन्त्र गलत रहेछ भन्ने अभिव्यक्ति दिएको भन्दै लिङ्देनले भने, ‘यो बेला राप्रपा बलियो शक्ति भयो भने दुई ठूला पार्टीलाई माओवादीले जस्तो ठोकेर होइन, बुझाएरै राजा र हिन्दु राष्ट्रको पक्षमा ल्याउन सक्छौं।’

प्रकाशित: Aug 13, 2022| 15:46 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...