आइतबार, साउन २४, २०८३

मंसिर ४ को निर्वाचनका लागि निर्वाचन आयोगमा ३३ दल दर्ता

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन्।
 |  शनिबार, साउन २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, साउन २८, २०७९

काठमाडौं- आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन्। 

शुक्रबार ५ बजेसम्म यो संख्यामा दल दर्ता भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए। आगामी साउन ३१ गतेसम्मका लागि दल दर्ताको समय तोकिएको छ। 

मुख्य राजनीतिक दलमध्ये नेकपा एमाले निर्वाचन प्रयोजनका लागि आयोगमा दर्ता भइसकेको छ भने कांग्रेस, माओवादी केन्द्र लगायतका दल दर्ता हुन बाँकी छन्। 

दल दर्ताका लागि आयोगमा राजनीतिक पार्टीको लेखा परीक्षण प्रतिवेदन, निर्वाचन आयोगमा यसअघि भएको दर्ता नम्बर, पार्टीको महाधिवेशनको माइन्युट लगायतका कागजात पेस गर्नुपर्छ।

प्रकाशित: Aug 13, 2022| 06:18 शनिबार, साउन २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...