आइतबार, साउन २४, २०८३

राष्ट्रपति भण्डारीप्रति गृहमन्त्री खाँडले पोखे असन्तुष्टि

वर्तमान समयमा नेपाली आमाबाबुका करिब ६ लाख युवा युवतीहरु नागरिकताबाट बञ्चित भएको गृहमन्त्री खाँडको भनाइ छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

बुटवल- गृहमन्त्री बालकृष्ण खाँडले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीप्रति व्यंग्यात्मक असन्तुष्टि पोखेका छन्। प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिक विधेयक प्रमाणीकरण नगरेर भइरहेको राजनीतिबारे आफूले बुझ्न नसकेको उनले टिप्पणी गरेका हुन्। 

कोभिडविरुद्धको पूर्ण खोप र १५ महिनामुनिका बालबालिकाहरुको नियमित खोप दिगोपना सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै गृहमन्त्री खाँडले यस्तो बताएका हुन्। सबै राजनीतिक दलको सहमतिमा ल्याइएको नागरिकता विधेयक तत्काल प्रमाणीकरण गर्नसमेत उनले राष्ट्रपति भण्डारीसँग आग्रह गरेका थिए। वर्तमान समयमा नेपाली आमाबाबुका करिब ६ लाख युवा युवतीहरु नागरिकताबाट बञ्चित भएको गृहमन्त्री खाँडको भनाइ छ।

यसैगरि कार्यक्रममा बोल्दै खाँडले नेपालको स्वास्थ्य क्षेत्रमा महिला स्वयंसेविकाहरुको ठूलो भूमिका रहेको बताउँदै उनीहरुको सेवा सुविधाबारे तिनै तहका सरकारहरुले बजेट छुट्टयाउनु पर्ने बताए। 

रुपन्देहीको जनसंख्या १० लाख ८७ हजार ४ सय ६४ जना रहेको र त्यसमा १२ वर्षभन्दामाथिको जनसंख्या ८ लाख ३५ हजार ७ सय ९० जना रहेकोमा लक्ष्यभन्दा बढी अर्थात् ८ लाख ५३ हजार ७८ जनालाई कोभिडविरुद्धको दुई डोज खोप लगाएको स्वास्थ्य कार्यालय प्रमुख गौरव ढकालले जानकारी दिए।

प्रकाशित: Aug 12, 2022| 20:13 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...