आइतबार, साउन २४, २०८३

शेखर कोइरालाले बोलाए समूह भेला

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गुट भेला बोलाएका छन्। नेता कोइरालाले शनिबार गुट भेला बोलाउको गुटकै एक नेताले जानकारी दिए।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफ्नो समूह भेला बोलाएका छन्। नेता कोइरालाले शनिबार समूह भेला बोलाउको शेखर समूहका एक नेताले जानकारी दिए। 

उनले भने, 'सिट बाँडफाँड, भ्रातृ संगठनको नेतृत्व चयनमा सल्लाह नगरेकोलगायतका विषयमा छलफल गर्न भेला बोलाइएको हो। भेलाको समय भने टुंगो लागेको छैन।'

सत्ता गठबन्धनले सिट बाँडफाँडका विषयमा छलफल गरिरहेको समयमा नेता कोइरालले समूह भेला बोलाएका हुन्। बिहीबार सभापति शेरबहादुर देउवाले महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेका छन्।

यसअघि कांग्रेसका भ्रातृसंस्थाहरु नेपाल विद्यार्थी संघको अध्यक्षमा दुजाङ शेर्पा, तरुण दलको अध्यक्षमा विद्वान गुरुङ र किसान संघको अध्यक्षमा गणेश तिमिल्सिनालाई मनोनित गरेको छ। त्यसैगरी आदिवासी जनजाती संघको अध्यक्षमा ओम थापा मगरलाई मनोनित गरिएको थियो। कुनै पनि भ्रातृ संस्थाको नेतृत्व चयनका बेला आफूहरुलाई जानकारी नगराएको र आफ्नो समूहका कसैलाई पनि भाग नदिएको कोइराला समूहको गुनासो छ। 

प्रकाशित: Aug 12, 2022| 17:41 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...