सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सिट बाँडफाँडबारे आधिकारिक धारणा तय गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

सिट बाँडफाँडबारे आधिकारिक धारणा तय गर्न कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा आफ्नो अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९
National life
Shivam cement

काठमाडौं– नेपाली कांग्रेसले सत्ता गठबन्धनभित्र चुनावी तालमेल तथा भागबण्डाका लागि बनाइएको कार्यदलमा आफ्नो अडान र दृष्टिकोणका विषयमा स्पष्ट पार्नका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

कार्यसम्पादन समितिको बैठक शनिबार बिहान ९ बजे बस्ने बताइएको छ। बैठकमा सिट बाँडफाँडका विषयमा पार्टीको आधिकारिक धारणा तय गरिने सहमहामन्त्री जीवन परियारले जानकारी दिए। कांग्रेसले सत्ता गठबन्धनबीच तालमेल हुँदा १०० सिट पाउनुपर्ने अडान लिँदै आएको छ। तर, गठबन्धनभित्र दलहरुले आफ्नो तर्फबाट दाबी प्रस्तुत गर्दै गर्दा कांग्रेसको आधिकारिक अडान र दृष्टिकोणका विषयमा थप स्पष्ट गरिने ती पदाधिकारीको भनाइ छ। 

यस्तै बैठकमा चुनावी अभियान सञ्चालनका विषयमा पनि निर्णयमा पुग्ने सन्दर्भमा पनि निर्णय लिइने छ। यसअघि भदौ २ देखि सुरु गर्ने भनिएको अभियान ७ गतेदेखि २४ गते तय गर्ने सहमहामन्त्री परियारले बताए। यस्तै प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि दल दर्ता गर्ने निर्णय पनि गरिनेछ।

प्रकाशित: Aug 12, 2022| 17:34 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...