सोमबार, जेठ २५, २०८३

मुलुकमा युवा उद्यमशीलताको विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा

अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले शैक्षिक बेरोजगारी न्यूनीकरण गर्न युवा उद्यमशीलता विकास गर्नुपर्ने बताएका छन्। अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए। 

National life

विभिन्न पुस्तामा रहेका सीप, क्षमता युवालाई हस्तान्तरण गरी नयाँ पुस्तालाई सवलीकरणको खाँचो औँल्याउँदै उहाँले देश र समाजको परिवर्तन तथा राष्ट्रको विकासका लागि विशेष भूमिका निर्वाह गर्ने युवा वर्गको योगदानलाई सबै समक्ष चिनाउन र युवा वर्गको समग्र हित र अधिकारको विषयलाई व्यवस्थित तवरले अघि बढाउन आवश्यक रहेको बताए। 

अन्तर्राष्ट्रिय युवा दिवसले विश्वभर रहेका सबै जातजाति, धर्म, लिङ्ग, तथा समुदायका युवालाई एकापसमा जोड्ने एउटा मत्वपूर्ण उत्सव भएको बताउँदै यस दिवसले युवा पिँढीमा रहेका क्षमताको उजागर गरी दिगो विकास लक्ष्य हासिल गर्न सार्थक साझेदारका रूपमा सहयोग पुर्‍याउने बताए।

प्रधानमन्त्री देउवाले यो वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको नाराले विभिन्न पुस्तामा रहेका सीप, दक्षता, क्षमता र अनुभवलाई समन्वयात्मक र परिपूरक ढङ्गले एकैसाथ प्रयोग गरी विश्वले परिकल्पना गरेको समतामूलक र शान्तिपूर्ण समाज निर्माण गर्ने विषयमा सबैलाई अभिप्रेरित गर्ने बताए।

विभिन्न क्षेत्रमा अन्तर पुस्तागत सहकार्यका लागि रहेका चुनौतीलाई परिवर्तन गर्दै युवाको नेतृत्वमा समृद्ध र सुदृढ समाज निर्माण गर्नुपर्ने खाँचो औँल्याउँदै प्रधानमन्त्री देउवाले यस अवसरमा सबै पुस्ताले सुरक्षित, संरक्षित र न्यायपूर्ण अनुभूतिका साथ समुन्नत राष्ट्र निर्माणमा योगदान पुर्‍याउन सकुन् भन्ने शुभेच्छा व्यक्त गरे। 

Shivam cement

उनले भने, 'स्वस्थ, शिक्षित, सीपयुक्त, सिर्जनशील र अनुशासित एवं राष्ट्रियताको भावनाले ओतप्रोत भएका युवा आजको हाम्रो आवश्यकता हो। यस्ता युवाको विकासबाट मात्र मुलुकले काँचुली फेर्न सक्नेछ। स्वस्थ, समुन्नत, न्यायपूर्ण र शान्तिपूर्ण समाजको निर्माणका लागि राज्यका प्रत्येक तह र क्षेत्रमा युवा वर्गलाई पर्याप्त अवसर प्रदान गर्नु जरूरी छ। परिवर्तनको संवाहक मानिने युवा वर्गको नेतृत्व र अग्रसरतामा नै मुलुकको सुन्दर भविष्य सुनिश्चित हुन्छ।'

देशभित्रै पर्याप्त अवसर सिर्जना गरी मुलुकका नवप्रतिभा र नव शक्तिलाई स्वदेशमै रोजगारमूलक र सिर्जनात्मक कार्यमा संलग्न गराउने वातावरण निर्माण गर्न सरकार, निजी क्षेत्र तथा नागरिक समाज सबैले समन्वयात्मक रूपमा कार्य गर्न आवश्यक रहेको उनको भनाइ थियो। 

प्रधानमन्त्री देउवाले मुलुकमा एकातिर राज्यले सीपयुक्त र दक्ष नागरिकको खोजी गरिरहेको बताउँदै शिक्षित युवालेसमेत आफ्नो योग्यता र क्षमता अनुसारको काम र  रोजगारी नपाइ विदेशिनुपर्ने बाध्यता रहेकामा चिन्ता व्यक्त गरे।

उनले भने, 'चुस्त र व्यावहारिक कार्ययोजना तयार गरी युवा वर्गमा रहेको शैक्षिक बेरोजगारीलाई अन्त्य गर्न हामी प्रतिबद्ध हुन आवश्यक छ। यसका लागि निजी क्षेत्रको सहयोगका लागि पनि अपिल गर्न चाहन्छु।'

सरकारी तहबाट युवा केन्द्रित गतिविधिको कार्य योजना निर्माण, कार्य सम्पादन तथा संयोजनको कार्यभार सुम्पिएको युवा परिषद्ले युवा उद्यमशीलता विकास, युवा रोजगारी प्रबर्द्धन, विकास निर्माणमा युवा सहभागिता, युवा वर्गको नेतृत्व विकास, युवा स्वास्थ्यलगायतका क्षेत्रमा कार्य गर्दै आइरहेको उहाँको भनाइ थियो। 

प्रधानमन्त्री देउवाले खासगरी युवा वर्गलाई जीवनोपयोगी सीप र कौशल सिकाइ स्वदेशी माटोमै रम्न र सहजरूपमा जीविकोपार्जन गर्नसक्ने अवस्थामा पुर्‍याउन जोड दिनुपर्ने खाँचो औँल्याए। राष्ट्रिय युवा परिषद्का अध्यक्ष एवं युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजले मुलुकमा भएका विभिन्न आन्दोलनबाट प्राप्त भएको राजनीतिक परिवर्तनका कारण अव युवाले आन्दोलन गर्नुनपर्ने बताउँदै उनीहरुलाई उद्यमशील बनाउन सकेमा देश विकास हुने बताए।

राष्ट्रिय योजना आयोगका सदस्य उमाशङ्कर चौधरी, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, विभिन्न मुलुकका प्रतिनिधिले युवा वर्गलाई उद्यमशील तथा सिर्जनशील बनाउन सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए। दिवसका अवसरमा भृकुटीमण्डप आसपास क्षेत्रमा प्रभातफेरीसमेत गरिएको थि

प्रकाशित: Aug 12, 2022| 22:05 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...