बुधबार, कात्तिक १९, २०८२

मोफसलमै रिसोर्ट र पार्कबाट आम्दानी

मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २०० मिटर दक्षिण-पश्चिम क्षेत्रमा सुनसरी इटहरी उपमहानगरपालिका निवासी डम्बर तामाङले आफ्नो लगानीमा सुदर्शन मल्टिपल एग्रो रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

मोरङ- आम्दानी लिन सहरकै जग्गा हुनुपर्छ भन्ने होइन कुरालाई प्रमाणित गरेका छन्, उद्यमी डम्बर तामाङले । मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २०० मिटर दक्षिण-पश्चिम क्षेत्रमा सुनसरी इटहरी उपमहानगरपालिका निवासी डम्बर तामाङले आफ्नो लगानीमा सुदर्शन मल्टिपल एग्रो रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।

Kumaribank

चार बिघा १० कठ्ठा जग्गा खरिद गरेर सञ्चालनमा ल्याइएको सो रिसोर्ट हेर्न लायकको बनाउने क्रम जारी छ। आन्तरिक र बाह्य पर्यटकलाई मनोरञ्जन प्रदान गर्न र यसै पेसा वा व्यवसायबाट आम्दानी गर्ने हेतुले सञ्चालनमा ल्याइएको सो रिसोर्टमा स्वीमिङ पुल,फिस थेरापी, पार्क र विभिन्न परिकारको खाना पाउने सुविधा रहेको रिसोर्टका प्रबन्धक भोजन राईले जानकारी दिए। 

बस्‍नका लागि अत्यन्त सुविधाजनक कोठा रहेको सो रिसोर्टमा राँगाभैँसी, खसीबोका, स्थानीय जातका कुखुरापालन पनि गरिएको छ। अहिले तत्काल रु दुई करोड खर्च गरेर बनाइएको भौत्तिक संरचनाभित्र चार कठ्ठा जग्गामा विभिन्न प्रजातिका हेलिङसेन्टर पनि निर्माण गरिएको छ। कुरिलो र गुर्जोको  खेती पनि सुरु गरिएको सो रिसोर्ट स्थानीय व्यक्तिका लागि मनोरञ्जनको केन्द्र बन्ने विश्वास गरिएको छ।

बेलबारी नगरपालिका–२ स्थित लालभित्तीको सो रिसोर्टमा आउने मानिसले लोहन्द्रा खोलामा कलकल पानी बगेको र चारैतिर हरियाली हेर्न, चराचुरङ्गीको आवाज सुन्न तथा शिरानतर्फ चुरे पहाडको दुष्यावलोकन गर्न पाउँदा झन मन आनन्दित हुने विश्वास गरिएको छ।

यसैगरी उद्यमी तामाङले विराटनगर निवासी सञ्जय अग्रवालसँगको साझेदारीमा सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा ओसियन पार्क पनि निर्माण गर्नुभएको छ।नेपालकै सबैभन्दा ठूलो स्विमिङ पुल रहेको सो पार्कमा, वाटर पार्क, होटल, लज, हेल्थ क्लबजस्ता सुविधा रहेको उनले जानकारी दिए।

Metro Mart

एघार वर्ष अघि रु २१ करोडको लागतमा सञ्चालनमा ल्याइएको सो पार्कको क्षेत्रफल तीन बिघा छ। प्रवेश निःशुल्क रहेको पार्कमा चाडपर्व र बिदाको दिन अत्यधिक भीड लाग्ने गरेको छ। कारोनाकालमा केही मन्दी आए पनि हाल पार्कले आम्दानी दिन थालेकोमा उद्यमी तामाङले खुसी व्यक्त गरे। यी दुबै पार्कमा दर्जनौँ मानिसले नियमित रोजगारी पनि पाएका छन्।

प्रकाशित: Aug 12, 2022| 22:55 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।