शुक्रबार, मंसिर १२, २०८२

लुम्बिनीमा गठबन्धन थप मजबुत बनाउने निर्णय

आगामी मंसिर ४ गतेका लागि तय गरिएको संघ र प्रदेशको निर्वाचनमा केन्द्रीय गठबन्धनलाई लुम्बिनीमा कायम गर्दै सफल बनाउने सहमती गरेका हुन्।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

बुटवल- पाँच दलले केन्द्रीय तहमा भएको गठबन्धनलाई लुम्बिनी प्रदेशमा थप मजबुत बनाउने निर्णय गरेका छन्। आगामी मंसिर ४ गतेका लागि तय गरिएको संघ र प्रदेशको निर्वाचनमा केन्द्रीय गठबन्धनलाई लुम्बिनीमा कायम गर्दै सफल बनाउने सहमती गरेका हुन्।

National life

नेपाली कांग्रेस लुम्बिनी प्रदेश कार्यालय बुटवल तामनगरमा शुक्रबर बसेको पाँच दलको बैठकले गठबन्धन मजबुत बनाउँदै स्थानीय तह निर्वाचनको सन्दर्भमा निर्माण गरिएको प्रदेश र जिल्ला तहको संयुक्त संयन्त्र पुन: क्रियाशिल बनाएर अन्तरक्रिया गर्ने निर्णय गरेको छ। त्यस्तै बैठकले गठबन्धनका तर्फबाट साझा उम्मेद्वार तयार गर्नका लागि आ–आफ्नो पार्टीको तर्फबाट विस्तृत रिर्पोट तयार पार्ने निर्णय गरेको छ।

बैठकमा लुम्बिनीमा मुख्यमन्त्री तथा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य कुल प्रसाद केसी, नेपाली काँग्रेस लुम्बिनी प्रदेशका सभापती अमरसिंह पुन, नेकपा माओवादी केन्द्र लुम्बिनीका अध्यक्ष सुदर्शन बराल, नेकपा एकिकृत समाजवादी लुम्बिनीका सचिव राजु गुरुङ, जनता समाजवादी पार्टीका लुम्बिनी अध्यक्ष अशोक यादव र राष्ट्रिय जनमोर्चाका बद्रे आलमको उपस्थिती थियो।

बैठकमा गत स्थानीय तह निर्वाचनको समीक्षा गर्दै भएका कमीकमजोरी सुधार गरेर अब गठबन्धन अघि बढाउने निर्णय भएको नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापती अमरसिंह पुनले बताए। उनले संघ र प्रदेशमा कुन कुन निर्वाचन क्षेत्र कस्का लागि उपयुक्त हुन्छ भनेर विवरण पेश गर्ने सहमती भएको छ।

संविधान र गणतन्त्रको रक्षाका लागि केन्द्रीय तहमा गठबन्धन कायम भएको उल्लेख गर्दै त्यहि गठबन्धनलाई लुम्बिनीमा अझ दरिलो र कसिलो बनाउने सहमति भएको नेकपा एकिकृत समाजवादी लुम्बिनीका सचिव राजु गुरुङले बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 12, 2022| 16:18 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।