सोमबार, चैत २, २०८२

नेपालीले अमेरिकामा बैंक सञ्चालन गर्न अनुमति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं–अमेरिकामा नेपालीले स्थापना गरेको पहिलो बैंकिङ कारोबार गर्ने संस्था एभरेष्ट फेडरल क्रेडिट युनियनले सञ्चालन अनुमति पाएको छ । 

न्यूयोर्कमा खोलिएको यो बैंकको शाखा अब अमेरिकाका विभिन्न शहरमा विस्तार गर्ने तयारीमा रहेको एभरेष्ट फेडरल क्रेडिट युनियन (इएफसीयू) लाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिष्ट्रेसन (एनसीयूए) ले सञ्चालन अनुमति दिएको हो । 

अनुमति पाएसँगै निक्षेप संकलन, कर्जा प्रवाह, तथा क्रेडिट कार्ड समेत संस्थाले समुदायलाई सहज र सहुलीयत रुपमा उपलव्ध गराउने भएको छ । 

बैंकका संस्थापक सदस्यहरुले तीन वर्षदेखिको लगातार प्रयत्नले बैंक सञ्चालनको अनुमति पाएको सञ्चालकहरुले बताएका छन् । 

फेडरल गभर्मेन्टअन्र्तगत रहेको नेसनल क्रेडीट युनियन एड्मिस्ट्रेसन (एनसीयुए) संग समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गरि वैद्यानिकता प्राप्त गरेको छ । 

संस्थाका बोर्ड अफ डाइरेक्टर, सुपरभाइजर कमिटी, क्रेडिट कमिटीले न्यूयोर्कस्थित व्यापारिक केन्द्र वाल स्ट्रीट नजिक रहेको म्युनिसिपल क्रेडिट युनियनको कार्यालयमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

समुदायको आर्थिक हित प्रवद्र्धनको मूल उद्देश्य लिएर युनियन स्थापना हुने गरेका छन् । क्रेडिट युनियनलाई निक्षेप संकलन एवम् कर्जा प्रवाह दुवै गर्ने अधिकार दिइएको  छ ।

संस्थाले पाँच वर्षभित्र कम्तिमा १० शाखा खोल्ने र १० हजार डिपोजिटर संख्या पुर्‍याइ दुई सय सय मिलियन अमेरिकी डलरभन्दामाथिको कारोबार गर्ने लक्ष्य लिएको छ ।

नेसनल क्रेडिट युनियन एड्मिनिष्ट्रेशनकाअनुसार १० करोडभन्दा बढी अमेरिकीहरु क्रेडिट युनियनहरुका सदस्य छन् । यो अमेरिकामा आर्थिक रुपले सक्रिय जनसंख्याको झण्डै आधा हिस्सा हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।