आइतबार, साउन २४, २०८३

मधेस प्रदेशसभाको नवौं अधिवेशन अन्त्य

प्रदेश प्रमुख मिश्रले बिहीबार राती १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

जनकपुरधाम– मधेस प्रदेशसभाको चालू नवौं अधिवेशन बिहबिार रातीदेखि अन्त्य भएको छ। ३ महिना बढी समय ३ महिना बढी समय चलेको नवौं अधिवेशन प्रदेश प्रमुख हरिशंकर मिश्रले अन्त्य गरेका हुन्।

नेपालको संविधानको धारा १८३ को उपधारा ९२० बमोजिम प्रदेश सरकारको सिफारिमा प्रदेश प्रमुख मिश्रले बिहीबार राती १२ बजेदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले बताए।

१९ जेठ २०७९ देखि सुरु भएको प्रदेशसभाको नवौं अधिवेशनले आर्थिक विनियोजन विधेयकसहित महत्त्वपूर्ण आठ विधेयक पारित गरेको सचिव यादवको भनाइ छ।

प्रकाशित: Aug 12, 2022| 15:37 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...