आइतबार, साउन २४, २०८३

ओली भेट्न बालकोट पुगिन् रेखा थापा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापा बालकोट पुगेकी छन्।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न अभिनेत्री एवं राप्रपा केन्द्रीय सदस्य रेखा थापा बालकोट पुगेकी छन्।

ओली निवास बालकोटमा बुधबार भएको भेटमा राप्रपा महामन्त्री कुन्ती शाही पनि उपस्थित थिइन्। भेटमा ओलीसँग समसामयिक राजनीति विषयमा छलफल भएको थापाले बताएकी छन्।

उनले राजनीतिमा छोरीहरूको अवस्थाबारे पनि छलफल भएको बताएकी छन्।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एमालेले राप्रपासँग तालमेल गर्न सक्ने सम्भावनाको पृष्ठभूमिमा ओलीसँग रेखा र कुन्तीले भेट गरेका छन्।

प्रकाशित: Aug 12, 2022| 13:51 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...