शुक्रबार, मंसिर १२, २०८२

गण्डकीमा सूचनाको हकसम्बन्धी विधेयक पारित

नागरिकलाई सही सूचना प्रवाह गर्ने उद्देश्यले प्रदेश सरकारले निर्माण गरेको सूचनाको हकसम्बन्धी विधेयक सर्वसम्मत पारित भएको हो।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

पोखरा– गण्डकी प्रदेश सरकारले सूचनाको हक कार्यान्वयनमा लैजाने सम्बन्धमा बनेको विधेयक सर्वसम्मति पारित गरेको छ। बिहीबारको प्रदेशसभाबाट विधेयक पारित भएको हो। 

National life

गण्डकीका कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बिन्दुकुमार थापाले उक्त विधेयकले नागरिकलाई सही सूचना प्रवाह गर्ने विश्वास व्यक्त गरे।

विधेयक अन्य प्रदेशभन्दा उत्कृष्ट बनेको दाबी उनको छ। विज्ञसँग घनीभूत छलफल गरेर विधेयक पारित गरिएको उनले बताए।

‘गण्डकी प्रदेशमा सूचनाको हक प्रचलन गराउने सम्बन्धमा बनेको विधेयक विज्ञलाई राखेर व्यापक छलफल गरी पारित गरिएको हो। यसमा खोट लगाउने ठाउँ छैन। केही सुझाव आएका छन्। तिनलाई आत्मसात् गर्दै अगाडि बढ्न सकिन्छ’,उनले भने। 

विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले प्रदेश नियमावलीअनुसार विधेयक पारित भएको जानकारी दिए। सांसद विनोद केसीले सूचनाको हकसम्बन्धी विधेयक प्रभावकारी भएको बताए । उनले विधेयक बनाएर मात्रै नहुने हुँदा कार्यान्वयनमा समेत ध्यान दिन सुझाए। 

Laxmi sunrise bank
kumari

सांसद सरिता गुरुङले प्रदेश सरकारले ल्याएको सूचनासम्बन्धी विधेयक सूचनाको हकबाट जनतालाई वञ्चित गराउनुहुन्न भन्ने उद्देश्यले आएको सुनाइन्। सांसद सावित्रा रानाले विधेयक कार्यान्वयनमा गए मात्र सार्थकता पाउने बताइन्।

गत २० चैत २०७८ मा प्रदेशसभामा दर्ता भएको सूचना विधेयक २३ चैत २०७८ मा प्रदेशसभामा पेस गरिएको थियो।–रासस


प्रकाशित: Aug 12, 2022| 12:48 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।