शनिबार, मंसिर ६, २०८२

मेस्सी पीएसजी खेलाडीका लागि रोल मोडल : ग्याल्टियर

मेस्सीले खेलको अवस्थालाई बुझ्दै सोहीअनुसार खेल्ने हुँदा टिममा ऊर्जा भरिने गरेको ग्याल्टियर बताउँछन्।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं– प्रशिक्षक माउरिसियो पोचेटिनोको बर्खास्तीसँगै पीएसजी क्लबको नयाँ प्रशिक्षक बनेका क्रिस्टोफे ग्याल्टियर अर्जेन्टाइन फर्वार्ड लियोनल मेस्सीका ठूला प्रशंसक हुन्। उनले मिडियासँग कुरा गर्दै मेस्सी क्लबका सबै खेलाडीका लागि रोल मोडल रहेको बताएका छन्।

National life

उनले भने, ‘लियोनल मेस्सी हाम्रो टिमको रोल मोडल हुन्। उनले पीएसजीको मैदानमा बिताएका पल धेरै महत्त्वपूर्ण छन्। हामीले त्यसलाई स्वीकार गर्नुपर्छ। यो सबैलाई थाहा भएको कुरा हो, मेस्सी धेरै तिर्खाएका खेलाडी हुन्। उनले खेलको अवस्थालाई बुझ्दै सोहीअनुसार खेल्ने गर्छन्। जब मेस्सी मैदानमा खेलाडीसँग मुस्कुराउँछन्, उनका साथमा सबै मुस्कुराउने गर्छन्। साथै, उनलाई टिममा सबैले सम्मान गर्छन्।’

ग्याल्टियरले मेस्सी सबै ट्रेनिङमा संलग्न हुने कारण उनी सबै खेलाडीका लागि उदाहरणीय पनि रहेको बताए। उनले भने, ‘मेस्सी सबै ट्रेनिङमा संलग्न हुने गर्छन्। यसले गर्दा अन्य खेलाडीलाई पनि ट्रेनिङमा उपस्थित हुने प्रेरणा मिल्छ। उनी सबै खेलाडीका लागी उदाहरण हुन्।’

ग्याल्टियरको प्रशिक्षणमा रहेको पीएसजीले लिग वानमा शानदार खेल्दै नयाँ सिजनको सुरुवात गरिसकेको छ। लिग वानको पहिलो खेलमा पीएसजीले क्लेरमन्टविरुद्ध ५–० को प्रभावशाली जित निकालेको थियो। सोही क्रममा पीएसजीका लागि मेस्सीले दुई गोल र एक असिस्ट गरेका थिए।

प्रकाशित: Aug 12, 2022| 12:35 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।