आइतबार, साउन २४, २०८३

अभिनेता अनुपविक्रम कांग्रेसमा प्रवेश

अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच कांग्रेसमा प्रवेश गरेका हुन्।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- अभिनेता अनुपविक्रम शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। शाही शुक्रबार बिहान एक कार्यक्रमका बीच कांग्रेसमा प्रवेश गरेका हुन्। 

उनलाई गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणले पार्टीको सदस्यता प्रदान गरे। खाणले उनलाई पार्टीको सदस्यतासँगै नेपाल तरुण दलको सदस्यता पनि प्रदान गरेका छन्।

मन्त्री निवास पुल्चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा तरुण दलका पूर्वअध्यक्षहरू महेन्द्र यादव, उदय शमशेर राणा, जितजंग बस्नेतका साथै अध्यक्ष विद्वान गुरुङलगायत उपस्थिति रहेको थियो।

शाहीले दुई दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। अभिनेता शाहीले द्रव्य, सौर्य, हँसिया, ठमेल डटकम, हाउ फन्नी, वीर विक्रम, कमलेको बिहे, कृ, हुर्रे, लिलिबिली, पुरानो बुलेटलगायत चलचित्रमा अभिनय गरेका छन्।

पार्टी प्रवेश गर्दै शाहीले लोकतन्त्र र जनताको अधिकारका लागि कांग्रेसले गरेको योगदान बुझेर पार्टी प्रवेश गरेको बताएका छन्।

प्रकाशित: Aug 12, 2022| 12:10 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...