बुधबार, पुस २, २०८२

सुदूरपश्चिमको गौरा महोत्सव अमेरिकाको मेरिल्याण्डमा हुँदै

सुदूर पश्चिम नेपालको धर्म, संस्कार, संस्कृति र पहिचान झल्काउने उद्देश्य सहित यसपटक अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरा पर्व मनाइने भएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- सुदूर पश्चिम नेपालको धर्म, संस्कार, संस्कृति र पहिचान झल्काउने उद्देश्य सहित यसपटक अमेरिकाको मेरिल्याण्ड राज्यमा गौरा पर्व मनाइने भएको छ। 

National life

सुदूरपश्चिम नेपाली समाज मेरिल्याण्ड र नेपाली अमेरिका सांस्कृतिक केन्द्र (हिन्दु बुद्ध मन्दिर)को संयुक्त आयोजनामा पहिलो पटक अमेरिकामा गौरा प्रदर्शनी हुने भएको हो।

गौरा नेपालको सुदूरपश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं सांस्कृतिक पर्व हो। गौरा सुदूरपश्चिममा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो। गौरा पर्व भाद्र शुक्लको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रम गरेर मनाइन्छ।

नेपालको सुदूरपश्चिम क्षेत्रको मौलिक पर्व गौराको अवसर पारि आउँदो सेप्टेम्बर ४ मा हुनलागेको गौरा प्रदर्शनीको तयारी सुरु भएको आयोजकले जनाएको छ।

प्रदर्शनीलाई सफल पार्न विभिन्न समितिसमेत गठन गरिएका छन्। प्रदर्शनीमा गौरा पर्वको महत्त्व झल्किने गरी विभिन्न पम्पलेट वितरण गरिनुका साथै झाँकि तथा देउडा नाच प्रदर्शन गरिने छन्।

Laxmi sunrise bank
kumari

अमेरिकामा बाक्लिँदै गइरहेको नेपाली बस्ती माझ आफ्ना मौलिक चाडपर्वको महत्त्व लोप हुन नदिन गौरा प्रदर्शनीको आयोजना गरिन लागिएको आयोजकले जनाएको छ।

आयोजक कमिटीलाई सम्बोधन गर्दै सुदूर पश्चिम नेपाली समाज मेरिल्याण्डका अध्यक्ष दमन विक्रम शाहले अमेरिकामा बस्ने नेपालीबीच सांस्कृतिक पर्वका माध्यमबाट भाइचारा बढाउने र सुदूर पश्चिमको संस्कृति र परम्पराबारे जानकारी गराउन गौरा पर्वको आयोजना गर्न लागिएको बताए।

प्रकाशित: Aug 12, 2022| 08:47 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।