आइतबार, साउन २४, २०८३

कालीबाबाले भेटे पूर्वराजा ज्ञानेन्द्रलाई

भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- भारतमा बसोबास गर्ने नेपाली मूलका साधु काली बाबाले नेपाल आएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन्।

बुधबार नेपाल आएका काली बाबाले निर्मल निवासमा पुगेर ज्ञानेन्द्रसँग भेटवार्ता गरेका हुन्। नेपालमा राजासहितको हिन्दू राष्ट्रको वकालत गर्ने काली बाबासँगै नेपाल आएका भारतको सत्तारुढ भारतीय जनता पार्टीका केही नेताहरूले पनि ज्ञानेन्द्रलाई भेटेका छन्। 

काली बाबाको भारतको राजधानी नयाँदिल्लीस्थित पहाडगन्जमा आश्रम छ। उनी भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग निकट पनि मानिन्छन्।

उनीहरूबीच नेपालको वर्तमान राजनीतिक अवस्था, राजासहितको हिन्दू राष्ट्रलाई जनताले के कसरी लिन्छन् लगायतको विषयमा कुराकानी भएको बताइएको छ। 

कालीबाबा यसअघि पनि पटक–पटक नेपाल आएर हिन्दू राष्ट्रमा वकालतसमेत गर्ने गर्छन्।  २०७२ साल साउन २८ मा उनी पशुपतिनाथको दर्शन गर्नभन्दै नेपाल आउँदा नेपाललाई हिन्दू राष्ट्र बनाउन कसैले रोक्न नसक्ने अभिव्यक्ति दिएर विवादित पनि बनेका थिए। उनी बुधबार नै पूर्वराजा ज्ञानेन्द्रलाई भेटेर भारत फर्केका छन्।

प्रकाशित: Aug 12, 2022| 08:37 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...