मंगलबार, जेठ १९, २०८३

कांग्रेस मधेस प्रदेश बैठक : चुनावी अभियानमा लाग्न निर्देशन

नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचन केन्द्रि विभिन्न निर्णय गरेको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- नेपाली कांग्रेस मधेस प्रदेश कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचन केन्द्रि विभिन्न निर्णय गरेको छ। बिहीबार पार्टीको प्रदेश कार्यालय धनुषामा बसको बैठकले मधेस प्रदेशका संघीय र प्रदेशसभा निर्वाचनको क्षेत्रको वस्तुगत विश्लेषण गरि प्रतिवेदन पेश गर्न जिल्ला प्रतिनिधि खटाउने निर्णय गरेको छ।

National life

प्रदेश महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठका अनुसार बैठकले मातहतका निकायहरुलाई निर्वाचन केन्द्रित कार्यक्रमहरु तयार गरि सम्पूर्ण समिति, विभाग, भातृसंघ संस्थाहरु परिचालन गर्न निर्देशन जारी गर्ने निर्णय गरेको छ।

यस्तै  मधेश प्रदेशका आठ जिल्लामा जिल्ला र प्रदेश स्तरीय प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम संचालन गर्ने निर्णय गरेको महामन्त्री श्रेष्ठले बताए। बैठकले संघीय र प्रदेशको उम्मेदवारी निर्धारित समयमा टुङ्ग्याउन पार्टी केन्द्रीय समितिबो ध्यानाकषर्ण गराउने निर्णय गरेको छ।

यस्तै मधेस सरकारमाथि अनियममितता गरेको भन्दै निर्णय कर्ताहरुमाथि भ्रष्टाचारको मुदा दर्ता हुँदा कांग्रेस मधेश प्रदेशको गम्भीर ध्याणकषर्ण भएको कांग्रेसको भनाइ छ। 

कांग्रेसले  आफ्ना पार्टीबाट मधेस प्रदेश सरकारमा सहभागी मन्त्रीलाई उपस्थिति प्रभावकारी बनाउन निर्देशन दिने कांग्रेसको निर्णय छ। मधेस प्रदेशमा कांग्रेसबाट रामसरोज यादव भौतिक मन्त्री छन् भने विरेन्द्र सिंह खेलकुद मन्त्रीमा छन्।

Shivam cement

यस्तै कांग्रेस मधेसले केन्द्रीय सरकारलाई भने नागरिकता विधेयक पारित गरेकोमा धन्यवाद दिने निर्णय गरेको छ। देउवा नेतृत्वको सरकारले नागरिकताबाट बञ्चित नेपाली नागरिकहरुलाई नागरिकता प्रदान गर्न संविधानको व्यवस्था वमोजिम संसदको दुवै सदनबाट नागरिकता विधेयक पारित गराउन सफल भएकोमा सरकार र  गृहमन्त्री बालकृष्ण खाणलाई धन्यवाद प्रदान गर्ने निर्णय गरेको श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई नागरिकता विधेयक अबिलम्ब प्रमाणिकरणका लागि मधेस कांग्रेसले अनुरोध गरेको छ। राष्ट्रपति भण्डारीले संसद्का दुवै सदनले पारित गरेर पठाएको नागरिकता विधेयक करिब दुई सातादेखि ‘विचाराधीन’ राखेकी छन्।

प्रकाशित: Aug 12, 2022| 08:17 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।