आइतबार, असोज १८, २०८३

अभिनेता अनुपम श्याम रहेनन्

बलिउड तथा टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा आइतबार निधन भएको छ। उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए।
 |  सोमबार, साउन २५, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन २५, २०७८

काठमाडौं- बलिउड तथा टेलिभिजन क्षेत्रका चर्चित अभिनेता अनुपम श्यामको ६३ वर्षको उमेरमा आइतबार निधन भएको छ। उनी लामो समयदेखि मिर्गौलाको समस्याबाट पीडित थिए। 

मुम्बईको गुरगाउँस्थित लाइफलाइन अस्पतालमा उनको उपचार भइरहेको थियो। ‘मनकी आवाज प्रतिज्ञा’ सिरियलमा ठाकुर सज्जन सिंहको भूमिकाबाट उनी चर्चित बनेका थिए।

चलचित्र निर्माता अशोक पण्डितले सामाजिक सञ्जालमार्फत उनको निधनको जानकारी दिएका छन्। मल्टिपल अर्गान फेलियरका कारण उनको निधन भएको बताउँदै पण्डितले चलचित्र र टिभी उद्योगलाई ठूलो क्षति पुगेको बताएका छन्।

गत वर्ष अनुपम श्याम बिरामी भएर अस्पताल भर्ना भएपछि उनका भाइले आर्थिक अवस्था कमजोर भएको बताउँदै आर्थिक सहयोगका लागि आग्रह गरेका थिए।

अनुपम श्याम चलचित्रमा धेरैजसो नेगेटिभ रोलमा देखिन्थे। उनले स्लमडग मिलेनियर, ब्यान्डिट क्विन, शक्ति, हल्लाबोल, पानसिंह तोमर, लगान, लज्जा, दुश्मन, सत्या आदि चलचित्रमा अभिनय गरेका छन्।


प्रकाशित: Aug 09, 2021| 07:13 सोमबार, साउन २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।