शनिबार, साउन १६, २०८३

झापामा दुई जनाको ज्यान गयो

झापामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

काठमाडौं- झापामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको ज्यान गएको छ। बिहीबार अपराह्न  झापाको शिबसताक्षी नगरपालिका वडा नम्बर ९ स्थित आइतबारे बस्ने ११ वर्षीया एन्जिला सुन्दास र १२ वर्षीय सिकुम राईको मृत्यु भएको हो। 

वडा नम्बर ७ स्थित सताक्षी खोलामा डुबेर उनीहरूको मृत्यु भएको झापा प्रहरीले जनाएको छ।  

घर नआएपछि खोज तलासको क्रममा राति इलाका प्रहरी कार्यालय झिलझिले र अस्थायी प्रहरी पोष्ट माईधारबाट खटिएको टोलीले शव फेला पारेको थियो। उनीहरूको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको छ।

प्रकाशित: Aug 12, 2022| 06:28 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।