बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • खशोग्गीका पूर्व वकील यूएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

खशोग्गीका पूर्व वकील यूएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

असिम गफूरलाई ‘अमेरिकास्थित कर छली अभियानसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अपराधमा’ दोषी ठहर गरिएको संयुक्त अरब इमिरेट्सको आधिकारिक समाचार एजेन्सी डब्लुएएमले बुधबार जनाएको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

रियाद- साउदी पत्रकार जमाल खशोग्गीका पूर्व अमेरिकी वकिललाई सम्पत्ति शुद्धीकरणको अभियोगमा दोषी ठहर गर्दै जरिवाना गरिएको छ। तर संयुक्त अरब इमिरेट्स (युएई) को एक अदालतले उनको जेल सजाय उल्ट्याएको छ।

असिम गफूरलाई ‘अमेरिकास्थित कर छली अभियानसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अपराधमा’ दोषी ठहर गरिएको संयुक्त अरब इमिरेट्सको आधिकारिक समाचार एजेन्सी डब्लुएएमले बुधबार जनाएको छ।

अवुधाबीको सम्पत्ति शुद्धीकरण तथा कर छलीमामिला नियमन गर्ने अदालतले गफूरको तीन वर्षको जेल सजाय खारेज गर्दै ५० लाख दिराम (१४ लाख अमेरिकी डलर) जरिवाना तिराएर देश निकाला गर्ने आदेश दिएको छ। गफूरलाई गत महिना दुबई विमानस्थलमा ट्रान्जिट गर्दै गर्दा पक्राउ गरेपछि जेल सजाय र ३० लाख दिराम जरिवाना गरिएको थियो।

गफूरका पूर्व सेवाग्राही तथा सहयोगी खशोग्गीको सन् २०१८ मा इस्तानबुलमा साउदी एजेन्टले हत्या गरेका थिए। संयुक्त अरब इमिरेट्स (युएई) मा भ्रष्टाचारको कर छली र शंकास्पद रकम स्थानान्तरणमा संलग्नताबारे अनुसन्धान गरिरहेका अमेरिकी अधिकारीहरूले ‘सहयोगको अनुरोध’ गरेपछि संयुक्त अरब इमिरेट्स (युएई) मा यो मुद्दा दर्ता भएको डब्लुएएमले जनाएको छ।

'अभियुक्तहरूले आफ्नो स्रोत प्रमाणित नगरी विदेशमा पैसा पठाएर देशमा सम्पत्ति शुद्धिकरणसम्बन्धी अपराध गरेको पुष्टि भएको छ,' विज्ञप्तिमा भनिएको छ। अवुधाबीस्थित अमेरिकी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

kumari

जुलाईमा प्रारम्भिक सजाय सुनाएपछि अमेरिकी विदेश मन्त्रालयले गफूरलाई पक्राउ गर्न अनुरोध गर्न अस्वीकार गरेको थियो र यो मुद्दा खशोग्गीसँग उनको सम्बन्धसँग सम्बन्धित नदेखिएको बताएको थियो। बुधबारको सुनुवाइमा सहभागी भएका गफूरले निजी ल फर्म चलाउँछन् र खशोग्गीले स्थापना गरेको अधिकारवादी समूह ‘डेमोक्रेसी फर द अरब वल्र्ड’ नामका बोर्ड सदस्य हुन्।

प्रकाशित: Aug 11, 2022| 05:50 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।