बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित : राष्ट्रसंघ

सोमालियामा खडेरीका कारण १० लाख मानिस विस्थापित : राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार सात लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका तर उनीहरू देशको सीमाभित्र रहेका छन्।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

सोमालिया- सोमालियामा ऐतिहासिक खडेरीका कारण १० लाख मानिस विस्थापित हुनुका साथै अनिकालको छायाँमा परेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसीआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार सात लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका तर उनीहरू देशको सीमाभित्र रहेका छन्।

सोमालिया, इथियोपिया र केन्यालगायत अफ्रिकामा रहेका उसका छिमेकीहरू ४० वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन्। अपेक्षित पाँचौं असफल वर्षायामले अझै धेरै परिवारहरू विस्थापित हुने निश्चित छ।

सोमालियामा एनआरसीका कन्ट्री डाइरेक्टर मोहम्मद अब्दीले भने, '१० लाख जनसङ्ख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी हो।'

उनले भने, 'भोकमरीले अहिले सिंगो देशलाई पिरोलेको छ। हामीले धेरै भन्दा धेरै परिवारहरूले घरसहित सबै कुरा छोडेर जान बाध्य भएको देखिरहेका छौं किनभने उनीहरूको गाउँमा पानी वा खानेकुरा बाँकी छैन। धेरै ढिला हुनुभन्दा पहिले नै तत्काल सहायता कोष बढाउन आवश्यक छ।'

जलवायु परिवर्तन र यूक्रेन युद्धका कारण खाद्य पदार्थको बढ्दो मूल्यका कारण सोमालियामा भोकमरीको समस्या झेलिरहेका मानिसको सङ्ख्या आगामी महिनाहरूमा करिब ५० लाखबाट बढेर ७० लाखभन्दा बढी पुग्ने यूएनएचसीआरले जनाएको छ।

kumari

शुक्रबार संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) ले बाली तथा पशुपन्छी उत्पादनमा व्यापक असफलता भएमा, वस्तुको मूल्य वृद्धि भइरहेमा र मानवीय सहायता अति जोखिममा रहेका व्यक्तिसम्म पुग्न नसके सेप्टेम्बरसम्ममा आठ क्षेत्रमा अनिकालको ठूलो जोखिम हुने चेतावनी दिएको थियो।

सोमालियाका लागि यूएनएचसीआरका प्रतिनिधि म्यागाटे गुइसले भने, 'सोमालियाको अवस्था पछिल्लो सङ्कटभन्दा पहिले नै सबैभन्दा कम आर्थिक सहायता प्राप्त भएको थियो। हामीसँग अपर्याप्त स्रोत साधन छ। अन्तर्राष्ट्रिय समुदायले जीवन रक्षा गर्न र यस मानवीय प्रतिक्रियालाई समर्थन गर्न कदम चाल्नुपर्छ।'

द्वन्द्वग्रस्त सोमालिया विशेष गरी स्थितिको सामना गर्न असक्षम छ। इस्लामी विद्रोहले देशको केही भागहरूमा मानवीय पहुँचलाई सीमित गरेको छ। अल–शबाब लडाकू समूहले हालैका महिनाहरूमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ। 

प्रकाशित: Aug 12, 2022| 05:31 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।