बुधबार, फागुन २०, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • स्विट्जरल्याण्डले रुसमा किभको प्रतिनिधित्व गर्न नसक्ने मस्कोको दाबी

स्विट्जरल्याण्डले रुसमा किभको प्रतिनिधित्व गर्न नसक्ने मस्कोको दाबी

मस्कोमाथि प्रतिबन्ध लगाउने बर्नको निर्णयको विरोध गर्दै रुसले स्विट्जरल्याण्डले आफ्नो तटस्थ हैसियत गुमाएको र रुसमा कूटनीतिक हैसियतले युक्रेनको प्रतिनिधित्व गर्न नसक्ने बताएको छ। स्विजरल्याण्डले बुधबार युक्रेनले बर्नलाई रुसमा प्रतिनिधित्व गर्न आग्रह गरेको बताएको छ।
 |  शुक्रबार, साउन २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २७, २०७९

मस्को- मस्कोमाथि प्रतिबन्ध लगाउने बर्नको निर्णयको विरोध गर्दै रुसले स्विट्जरल्याण्डले आफ्नो तटस्थ हैसियत गुमाएको र रुसमा कूटनीतिक हैसियतले युक्रेनको प्रतिनिधित्व गर्न नसक्ने बताएको छ। स्विजरल्याण्डले बुधबार युक्रेनले बर्नलाई रुसमा प्रतिनिधित्व गर्न आग्रह गरेको बताएको छ।

'स्विट्जरल्याण्डले आफ्नो तटस्थ हैसियत गुमाएको छ र मध्यस्थता वा हितको प्रतिनिधिको रूपमा काम गर्न सक्दैन,' रुसी विदेश मन्त्रालयका प्रवक्ता इभान नेचायेभले पत्रकारहरू बीच बताएका छन्।

प्रवक्ता नेचायेभले स्विट्जरल्याण्डले कीभ सरकारलाई समर्थन गर्दै आएको र रुसमाथि प्रतिबन्ध लगाएको बताएका हुन्। 'यस्तो व्यवहारबाट कसरी मध्यस्थता, प्रतिनिधित्व वा अन्य सद्भावनाका व्यहवार देखिन्छन्, यो पूर्णतया बुझ्न नसकिने कुरा हो,' उनले थपे।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा युक्रेनमा सेना पठाएदेखि नै तटस्थताका लागि  स्विट्जरल्यान्डले कूटनीतिक सहयोग प्रदान गर्न र अन्य किसिमका सेवा गर्न समेत तयार रहेको बताएको छ।

रुसमाथि प्रतिबन्ध लगाउने छिमेकी युरोपेली युनियनलाई पछ्याउने बर्नको निर्णयबाट मस्को आक्रोशित छ।

kumari

प्रकाशित: Aug 12, 2022| 05:01 शुक्रबार, साउन २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।