बुधबार, फागुन २०, २०८२

जनवरीदेखि हालसम्म कंगोमा लगभग नौ लाख मानिस विस्थापित

प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस वर्ष करिब नौ लाख मानिस विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघको मानवीय निकायले बुधबार देशको पूर्वी भागमा जारी विद्रोही लडाइँका बीच यो आँकडा सार्वजनिक गरेको हो।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

कंगो- प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा यस वर्ष करिब  नौ लाख मानिस विस्थापित भएका छन्। संयुक्त  राष्ट्रसंघको मानवीय निकायले बुधबार देशको पूर्वी भागमा जारी विद्रोही लडाइँका बीच यो आँकडा सार्वजनिक गरेको हो।

बुधवार प्रकाशित एक प्रतिवेदन अनुसार संयुक्त राष्ट्रसंघ मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले जनवरी र जुन महिनाबीच आठ लाख  ७७ हजारभन्दा बढी मानिस विस्थापित भएको बताएको छ।

उक्त अवधिमा ४४६,००० भन्दा बढी मानिस घर फर्किएको पनि ओसीएचएले उल्लेख गरेको छ। हाल यस देशमा  ४८ लाखभन्दा बढी मानिस विस्थापित छन् ती मध्ये ५१ प्रतिशत महिला छन्। 

'असी प्रतिशतभन्दा बढी विस्थापन सशस्त्र हमला र झडपका कारण भएको हो,' पनि प्रतिवेदनमा उल्लेख गरिएको छ। अधिकांश विस्थापित व्यक्तिहरू कङ्गोको  तनावग्रस्त पूर्वी क्षेत्रमा बसोबास गर्छन्। खनिजसम्पन्न यस क्षेत्रमा १२० भन्दा बढी सशस्त्र  विद्रोही समूहहरू सक्रिय छन्। 

गत वर्षको अन्त्यमा एम २३ विद्रोही समूहले पूर्वी कङ्गोमा पुनः युद्ध शुरु गरेर रणनीतिक सीमावर्ती शहर बुनागाना लगायतका भूभाग कब्जा गरेको छ।

kumari

प्रकाशित: Aug 11, 2022| 23:28 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।