जाकर्ता- इन्डोनेसियाले देशमा १० लाख नरिवलको विरुवा रोप्ने योजना बनाएको छ। राष्ट्रपति जोको विडोडोलेको बिहीबार भएको मध्य जाभा प्रान्तको भ्रमणको क्रममा सो कुरा सार्वजनिक भएको हो।
जोकोबीको नामले चिनिने राष्ट्रपतिले त्यहाँका दुईवटा गाउँको भ्रमण गर्ने क्रममा स्थानीय अधिकारीहरूसँग नरिवलका विरुवा रोपेको बताइएको छ। राष्ट्रपति जोकोवीले अहिलेसम्म त्यस प्रान्तमा करिब २,००,००० नरिवलका रूखहरू रोपिएको बताउँनु भएको छ।
'अहिले यो सुरु मात्र गरेका छौँ करिब १० लाख नरिवलका विरुवा रोप्ने लक्ष्य छ,' उनले भर्चुअल पत्रकार सम्मेलनमा सो कुरा उल्लेख गरेका हुन्। नरिवलको रुखले एक वर्षमा १८० वटा फल फलाउन सक्ने र पाम सुगर र खाना पकाउने तेलमा प्रशोधन गर्न सकिने बताइएको छ। साथै यसबाट स्थानीयको आम्दानीमा वृद्धि हुनेछ।