बिहीबार, साउन ७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युभेन्ट्स स्टार मान्डुज्कीचले गरे युनाइटेडको प्रस्ताव अस्वीकार

युभेन्ट्स स्टार मान्डुज्कीचले गरे युनाइटेडको प्रस्ताव अस्वीकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी–क्रोएसिया तथा युभेन्ट्सका स्टार खेलाडी मारिओ मान्डुज्कीचले म्यानचेस्टर युनाइटेडको प्रस्ताव अस्वीकार गरेका छन् । उनले युनाइटेडसँगको तलबको बिषयमा कुरा नमिले पछि प्रस्ताव अस्वीकार गरेका हुन् । 

यस अघि युनाइटेडका प्रशिक्षक जोसे मोउरिन्होले उनको तलब एक सिजनमा ३.५ मिलियन युरो देखी ५ मिलियन युरो सम्म बढी कमाउन सक्ने प्रस्ताव गरेका थिए । क्रोएसियाका फरवाड मान्डुज्कीचलाई क्रिस्टियानो रोनाल्डोको आगमने कुनै प्रभाव नपर्ने बताए पछि उनी युभेन्ट्समै बस्ने भइका हुन् । 

यसअघि उनी युनाइटेड जाने हल्ला चलेको थियो । हालै मात्र मोउरिन्होले मान्डुज्कीचको आगमनले टोली बलियो बन्ने र अन्ये  टोलीलाई चुनौती दिनसक्ने क्षमता भएको खेलाडी बताएका थिए । 

तर, अहिले अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार उनी ओल्ड ट्राफोर्ड जाने सम्भावना कम भएको खुलेको छ । ३२ बर्षीय मान्डुज्कीचले हाल टुरीनमै बस्ने बताएका छन् । 

उनी २०१५ मा एथलेटिको मड्रिडबाट युभेन्ट्स पुगेका हुन् । उनले युभेन्ट्सबाट सिरी–ए का तीन सिजनका ९२ खेलमा २२ गोल गरेका छन् । २००७ मा क्रोएसिया राष्ट्रिय टिममा डेव्यु गरेका उनले राष्ट्रिय टिमबाट ८९ खेल खेल्दै ३घ गोल गरेका छन् ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।