सोमबार, जेठ २५, २०८३

विकासका लागि बलियो अर्थनीति आवश्यक : उपसभामुख भूसाल

पर्साको वीरगञ्जमा उद्योग वाणिज्य सङ्घद्वारा बिहीबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उपसभामुख भूसालले स्वदेशी वा विदेशी दुवै लगानी सुरक्षित गर्न पनि बलियो अर्थनीति आवश्यक रहेको बताइन्।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९
National life
Shivam cement

काठमाडौं- प्रतिनिधि सभाका उपसभामुख पुष्पा भूसालले मुलुकको विकासका लागि बलियो अर्थनीति आवश्यक रहेको बताएकी छन्। पर्साको वीरगञ्जमा उद्योग वाणिज्य सङ्घद्वारा बिहीबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा उपसभामुख भूसालले स्वदेशी वा विदेशी दुवै लगानी सुरक्षित गर्न पनि  बलियो अर्थनीति आवश्यक रहेको बताइन्।

नेपालमा विदेशी लगानी भित्र्याउन लालायीत हुने अवस्था सिर्जना भएको जिकिर गर्दै उपसभामुख भूसालले समयअनुसार लगानीमैत्री नीतिनियम र कानुन व्यवस्थापन गर्न आवश्यक रहेको बताइन्। 

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माणपश्चात् देशको आर्थिक विकासमा टेवा पुग्‍ने दाबी गर्दै उपसभामुख भूसालले प्रदेशमा गुरुयोजना बनाएर पूर्वाधार विकासमा प्राथमिकता दिनुपर्नेमा जोड दिइन्। सो क्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुवोधकुमार गुप्ताले समग्र मधेस प्रदेशको औद्योगिक अवस्थाबारे उपसभामुख भूसाललाई जानकारी गराएका थिए। 

प्रकाशित: Aug 11, 2022| 20:42 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...