शनिबार, मंसिर ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फा अध्यक्षले संघको गाडी नचढ्ने, बिक्रीवापतको रकम खेलाडी अक्षयकोषमा राख्‍ने

एन्फा अध्यक्षले संघको गाडी नचढ्ने, बिक्रीवापतको रकम खेलाडी अक्षयकोषमा राख्‍ने

एन्फाले जारी गरेको विज्ञप्तिको ८ नम्बरमा भनिएको छ, 'एन्फाको स्वामित्वमा रहेको गाडीहरु (अध्यक्ष चढ्ने फर्चुनर र बस) सम्बन्धमा विकास श्रेष्ठ, रविन्द्र चन्द र मनिष जोशी सम्मिलित एक कमिटी बनाइ आवश्यक प्रक्रिया पुर्‍याएर लिलामी गरी सोबाट प्राप्त रकम खेलाडी अक्षयकोषमा राख्‍ने निर्णय पारित गरियो।'
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिति बैठकले विभिन्‍न १९ वटा निर्णयहरु गरेको छ। एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङले एन्फाको गाडी नचढ्ने समेत बताएका छन्। उनी एन्फाको गाडी नचढ्ने बताएसँगै एन्फाको स्वामित्वमा रहेको गाडी लिलाम गरी बिक्रीवापतको रकम खेलाडी अक्षय कोषमा राख्‍ने निर्णय बैठकले गरेको छ। 

National life

एन्फाले जारी गरेको विज्ञप्तिको ८ नम्बरमा भनिएको छ, 'एन्फाको स्वामित्वमा रहेको गाडीहरु (अध्यक्ष चढ्ने फर्चुनर र बस) सम्बन्धमा विकास श्रेष्ठ, रविन्द्र चन्द र मनिष जोशी सम्मिलित एक कमिटी बनाइ आवश्यक प्रक्रिया पुर्‍याएर लिलामी गरी सोबाट प्राप्त रकम खेलाडी अक्षयकोषमा राख्‍ने निर्णय पारित गरियो।' 

एन्फा महासचिव किरण राईले नयाँ अध्यक्षले चुनावकै बेलामा आफ्नै गाडी प्रयोग गर्ने प्रतिबद्धता गरे अनुसार नै निर्णय भएको जानकारी दिएका छन्। उनले भने, 'गाडी पुरानो भएका कारण यसमा मर्मत खर्च पनि धेरै आएको छ। यो गाडीले धेरै डिजेल खाने गरेको पहिलेको अध्यक्षले प्रयोग गर्दा देखिएको हो। नयाँ अध्यक्षले चुनावकै बेलामा आफ्नै गाडी प्रयोग गर्ने भन्‍नुभएको हो। एन्फाको लिलामी प्रक्रिया अनुसार लिलामी हुन्छ। त्यसको पैसा खेलाडी कल्याणकारी कोषमा जम्मा गरिनेछ।'

एन्फा कम्प्लेक्स सातदोबाटोमा बसेको बैठकले आगामी असोज १२ गते विशेष साधारणसभा गर्ने निर्णय गरेको छ। त्यसैगरी एन्फा कार्य समितिको मानार्थ अध्यक्षमा नरेन्द्र श्रेष्ठ र वरिष्ठ मानार्थ उपाध्यक्षमा किशोर राईलाई मनोनयन गरेको छ। यो बैठकले एन्फाको प्रवक्तामा सुरेश शाहलाई जिम्मेवारी दिएको छ। यही बैठकले यसअघि अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुखको जिम्मेवारी पाएका नवीन पाँडे बर्खास्तीमा परेका छन्। 

बिहीबारकै बैठकबाट आगामी असोज ११ गते दशरथ रंगशालामा हुने मैत्रीपूर्ण फुटबल प्रतियोगिताको कार्यवाहक प्रशिक्षकमा प्रदीप हुमागाईँलाई नियुक्त गरेको छ। उक्त खेलअघि अल्मुताइरी नआउने भएपछि एन्फाको यो निर्णय आएको हो।

Laxmi sunrise bank
kumari

एन्फाले केही महिनादेखि विवादका कारण रोकिएको नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता पनि गर्न दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ। एन्फाको यो निर्णयपछि एनएसएल आगामी असोज २३ गतेदेखि मंसिर २ गतेसम्म हुने भएको छ।


 

प्रकाशित: Aug 11, 2022| 20:12 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।