आइतबार, साउन २४, २०८३

महिला संघको अध्यक्ष बनिन् उषा मिश्र रावत

नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ। सिरहा घर भएकी उनलाई कांग्रेसले महिला संघको नेतृत्व सुम्पिएको हो।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ। सिरहा घर भएकी उनलाई कांग्रेसले महिला संघको नेतृत्व सुम्पिएको हो। 

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको चैत्र १५, २०७८ को बैठकको निर्णय अनुसार पार्टी सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४२ (१) (च) बमोजिम म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आवद्ध भ्रातृ संघ नेपाल महिला संघको अध्यक्ष पदमा मिश्रलाई नियुक्त गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। 

उनी महिला संघकै निवर्तमान सचिव पनि हुन्। 

मंगलादेवी संस्थापक अध्यक्ष रहेको महिला संघमा यसअघि उमा रेग्मी अध्यक्ष थिइन्। उनलाई शेरबहादुर देउवाले महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारी दिएका थिए। 

लामो समयदेखि महिला संघको महाधिवेशन हुन सकेको थिएन। 

प्रकाशित: Aug 11, 2022| 19:54 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...