आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

बागमती प्रदेश यातायात कार्यालयमा थपियो १ हजार २१५ कोटा

बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४:३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको बताएका छन्। उनका अनुसार मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।
 |  बिहीबार, साउन २६, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

हेटौंडा- बागमती प्रदेशको श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले सवारी चालक अनुमतिपत्रका लागि बायोमेट्रिक्सका लागि तोकिएको दिनको कोटा वृद्धि गर्दै ४:३० बजेदेखि अनलाइन फाराम भर्नेसमेतको व्यवस्था मिलाइएको बताएका छन्। उनका अनुसार मन्त्रालयले बिहीबार सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

triton college

सेवाग्राहीको चाप बढेपछि मन्त्रालयले गत असार २८ गते तोकिएको कोटामा एक हजार दुई सय १५ जना थप गरी शुक्रबारदेखि लागु हुनेगरी तीन हजार छ सय ७५ पुर्‍याएको मन्त्री दाहालले जानकारी दिए। उनका अनुसार विचौलियाले थप कोटामा मनपरी गर्न नसकुन् भनेर शुक्रबार ४:३० बजेको समय नै तोकेर कोटा थप्‍ने स्पष्ट व्यवस्था मिलाइएको छ। 

यसअघि पालो कुरेर बसेका वा अनलाइन फाराम भर्न नसकेका १८ हजार दुई सय २५ जनाले १५ दिनभित्रै पालो पाउने गरी भोलि नै आवेदन दिनसक्ने व्यवस्था मिलाइएको मन्त्री दाहालको भनाइ छ। 

 मन्त्रालयका सचिव यमलाल भुसालले सबभन्दा बढी आवेदन जगातिस्थित कार्यालयबाट दिन सकिने र सबभन्दा कम आवेदन एकान्तकुनास्थित कार्यालयबाट दिन सकिने बताए।  एकान्तकुनामा सवारी चालक अनुमतिपत्र नवीकरणको प्रक्रियामा आएका गुनासो फछ्र्योट गर्नुपर्ने, पुरानो अभिलेख रुजु गर्नेको सङ्ख्या अत्यधिक हुने भएकाले तत्कालका लागि न्यूनतम कोटा तोकिएको उनले जनाएका छन्। 

बागमती प्रदेश सरकारले यातायात सेवा कार्यालयको सुधारसम्बन्धी विषयलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सचिव भुसालले बताए। यसअघि नै मन्त्रालय मातहतको कार्यालयबाट सम्पादन भइरहेको सवारी चालक अनुमतिसम्बन्धी वर्ग थप र नयाँ आवेदनका लागि सेवाग्राहीको अत्यधिक चापलाई व्यवस्थापन गर्न प्रदेश सरकारबाट अतिरिक्त समयमा कार्यालय सञ्चालनको सुरुआत भइसकेको उनको भनाइ छ। 

Metro Mart
vianet

सेवाग्राहीहरुले https://applydl.dotm.gov.np/ मा गएर तोकिएबमोजिमको विवरण प्रविष्ट गरी चाहेबमोजिमको मितिका लागि आवदेन दिनसक्ने र अत्यधिक चापका कारण वा दैनिक कोटा सकिएको भए अर्को मितिका लागि आवदेन दिनसक्ने बेहोरा सूचनामा खुलाइएको सचिव भुसालले बताए। 

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र श्रम, रोजगार तथा यातायातमन्त्री दाहालको निर्देशनका आधारमा सुधारकार्य अगाडि बढिरहेको र अनुगमन भइरहेको सचिव भुसालले जानकारी दिए। 

उनका अनुसार बागमती प्रदेश सरकारले २०८३ सालसम्मको पालो कुरेर बसेका सबै सेवाग्राहीले जेठको दोस्रो हप्ताभित्रै सेवा प्राप्त गरिसकेका छन्। बागमती प्रदेश मातहतको यातयातसम्बन्धी सबै सेवा प्रवाहको तथ्यांकलाई दैनिकरूपमा वेबसाइटमै राख्‍ने तयारी भइरहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: Aug 11, 2022| 19:30 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।