आइतबार, साउन २४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेद्वारा केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर, कसलाई के जिम्मेवारी?

एमालेद्वारा केन्द्रीय सदस्यहरुको जिम्मेवारी हेरफेर, कसलाई के जिम्मेवारी?

नेकपा एमालेले केही केन्द्रीय सदस्यहरुको जम्मेवारी हेरफेर गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकले मधेस प्रदेशको सहइन्चार्जमा रामदल मण्डल तोकिएका छन्। महोत्तरी जिल्लाको इन्चार्जमा सरोज यादव, प्रमोद नारायण यादवलाई धनुषा जिल्लाको सह इन्चार्ज तोकिएको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं- नेकपा एमालेले केही केन्द्रीय सदस्यहरुको जम्मेवारी हेरफेर गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकले मधेस प्रदेशको सहइन्चार्जमा रामदल मण्डल तोकिएका छन्। महोत्तरी जिल्लाको इन्चार्जमा सरोज यादव, प्रमोद नारायण यादवलाई धनुषा जिल्लाको सह इन्चार्ज तोकिएको छ। 

त्यस्तै भूमि व्यस्था विभागको उपप्रमुखमा भीम कार्की, कास्की जिल्लाको इन्चार्जमा कृष्ण थापालाई तोकिएको एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। उनका अनुसार बिहीबारको बैठकले नवराज पौडेललाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमामा मनोनयन गरेको छ भने जीवन गौतम, वृजेशकुमार गुप्ता, धर्मदत्त देवकोटा, अमृत राजवंशीलाई केन्द्रिय कमिटीको सदस्यमा मनोनयन गरेको छ। 

एमालेको स्थायी कमिटी बैठक आगामी भदौ ७ गते बस्‍ने भएको छ। भदौ ९ गते पार्टीको पोलिटब्यूरोको बैठक हुने गुरुङले जानकारी दिए। त्यसैगरी भदौ १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ। आगामी चुनावको घोषणा पत्र मस्यौदा समिति बिहीबार बैठकले गठन गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल रहेको ८ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन भएको छ। 

निर्वाचन परिचालन कमिटीको अध्यक्षमा केपी शर्मा ओली नै रहेका छन्। केन्द्रीय कमिटीका सबै सदस्यहरु र केन्द्रिय निकाय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रिय सल्लाहकार परिषद्को पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष र सचिवहरु, प्रदेश किमटीका अध्यक्षहरु, जनसंगठनका राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरु, केन्द्रीय विभागका सचिवहरु रहने गरेर केन्द्रिय निर्वाचन परिचालन कमिटी पनि गठन भएको छ। 



प्रकाशित: Aug 11, 2022| 19:03 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...