सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले बैठकका निर्णय : घोषणापत्र र निर्वाचन परिचालन समिति गठन, विभागका सचिवहरु तोकिए

एमाले बैठकका निर्णय : घोषणापत्र र निर्वाचन परिचालन समिति गठन, विभागका सचिवहरु तोकिए

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी चुनावको घोषणापत्र मस्यौदा समिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा बिहीबार बसेको बैठकले ८ सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो। समितिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष रामबहादुर थापा, उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, उपमहासचिव विष्णु रिमाल छन्।  

National life

बैठकपछि सञ्‍चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बैठकले निर्वाचन परिचालन कमिटी गठन गरेको बताए। उनले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा केन्द्रीय कमिटीका सबै सदस्यहरु र केन्द्रिय निकाय अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय सल्लाहकार परिषद्को पदाधिकारीहरु अध्यक्ष, उपाध्यक्ष र सचिवहरु, प्रदेश किमटीका अध्यक्षहरु, जनसंगठनका राष्ट्रिय कमिटीका अध्यक्ष र महासचिवहरु, केन्द्रीय विभागका सचिवहरु रहने गरेर केन्द्रीय निर्वाचन परिचालन कमिटी पनि गठन भएको बताए।

प्रचार विभाग प्रमुख गुरुङले विभिन्‍न १५ विभागका सचिवहरु पनि मनोनयन गरेको जानकारी दिएका छन्। विभागका सचिवमा उद्योग वाणिज्य तथा आपूर्ति विभागको सचिवमा सुन्दर भुसाल, कृषि तथा पशुपंक्षी विभागको सचिवमा विमल शर्मा, पुस्तकालय तथा अभिलेख विभागको सचिवमा सुरज अधिकारी, पर्यटन तथा नागरिक उड्डयन विभागको सचिवमा धनेन्द्र श्रेष्ठ, युवा तथा खेलकुद विभागको सचिवमा मेघराज पौडेल, भूमि व्यवस्था विभागको सचिवमा आरसी लामिछाने, भौतिक पूर्वाधार तथा यातायात विभागको सचिवमा एसपी शर्मा, सहकारी तथा गरिबी निवारण विभागमा केवी उप्रेती, विपद् व्यवस्थापनमा सुवेद ढकाल, विज्ञान तथा प्रविधि विभागमा सञ्जीव रोकाह, सामाजिक सुरक्षा विकास विभागमा पुष्कर खाती, शहरी विकास विभागको सचिवमा गजेन्द्र थपलियालाई मनोनयन गरेको छ। 

त्यस्तै बैठकले भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग, सहरी विकास विभाग, भूमि व्यवस्था विभाग गरी तीन विभागको गठन गरेको बताए। उनले बैठकले स्थानीय तह विकास विभागको निर्देशिका पारित गरेको, पार्टीको नीति अनुसन्धान प्रतिष्ठानको कार्यविधि पनि पारित गरेको, वित्त तथा कोष व्यवस्थापन विभागद्वारा प्रस्तावित आर्थिक वर्ष २०७९-०८० को वार्षिक बजेट पनि पारित गरेको बताए। विभाग प्रमुख गुरुङले पार्टी प्रवेशीहरुको सन्दर्भमा आवश्यक्ता अनुसार तल्लो कमिटीहरुले गरेको सिफारिसको आधारमा केन्द्रीय कमिटीले आवश्यक निर्णय लिने निर्णय जानकारी दिएका छन्। 

प्रकाशित: Aug 11, 2022| 18:58 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...