मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सहिद स्मारक लिग र एनएसएलको मिति निर्धारण, साफको टिकट मूल्य तोकियो

सहिद स्मारक लिग र एनएसएलको मिति निर्धारण, साफको टिकट मूल्य तोकियो

अखिल नेपाल फुटबल संघको दोस्रो कार्यसमिति बैठकले तय गरेको विभिन्न २२ एजेन्डाबारे छलफल गर्दै महिला साफ, एनएसएल, सहिद स्मारक लिगको विषयमा निर्णय गरेको जानकारी दिएको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं– अखिल नेपाल फुटबल संघको दोस्रो कार्यसमिति बैठकले तय गरेको विभिन्न २२ एजेन्डाबारे छलफल गर्दै महिला साफ, एनएसएल, सहिद स्मारक लिगको विषयमा निर्णय गरेको जानकारी दिएको छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा शनिबार दिउँसो साढे १० बाट सुरु भएको बैठकमा एन्फाले विभिन्न बुँदामा निर्णय गरेको हो।

National life

अब आउँदो भदौ २५ बाट काठमाडौंमा हुने दक्षिण एसियाली खेलकुदको टिकट मूल्य निर्धारण भएको छ। रंगशालाको साधारणतर्फको प्यारापिटका लागि तीन सय र भीआईपी प्यारापिटका लागि पाँच सय टिकट मूल्य निर्धारण गरिएको हो।

त्यस्तै, आउँदो असोज २३ गतेबाट नेपाल सुपर लिग हुने भएको छ। गत वर्ष जेठमा पहिलो संस्करणको प्रतियोगिता सम्पन्न भएको एनएसएलको दोस्रो संस्करणको प्रतियोगिता भने असोज अन्तिम हप्ताबाट सुरु हुने एन्फाले निर्णय गरेको छ।

यता यसअघि पनि दुई पटक सुपर लिगको मिति तोकेर स्थगित भइसकेको छ।

सहिद स्मारक ए डिभिजन लिगका न्युरोड टिम, थ्री स्टार क्लबलगायतले खेलाडी अनुबन्धको विषयमा प्रश्न उठाएपछि सुपर लिगलाई लिएर विवाद सिर्जना भएको थियो। त्यसपछि दुई पटक सुपर लिग स्थगित भइसकेको छ। यता सुपर लिगको अक्सनलाई लिएर पनि विवाद भएको थियो। त्यो विवादलाई लिएर एन्फा अध्यक्षकै संयोजकत्वमा छानविन समिति गठन भएको छ।

kumari

त्यस्तै, नेपालले अब बंगलादेशसँग दशरथ रंगशालामै मैत्रीपूर्ण खेल खेल्ने भएको छ। सो खेल आउँदो असोज ११ गते हुने एन्फाले निर्णय गरेको छ। यो खेलका लागि नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी भने उपलब्ध हुने छैनन्।

उपचारको लागि उनी अहिले कुवेतमा नै छन्। त्यसैले बंगलादेशविरुद्धको खेलका लागि सुवास हुमागाईलाई कार्यवाहक प्रशिक्षक तोकिएको एन्फाले जनाएको छ।

त्यस्तै, सहिद स्मारक लिगको तीनै तहको आयोजना मिति पनि तोकिएको छ। गएको वर्ष मंसिरमा सुरु भएको सहिद स्मारक ए डिभिजन लिग अब पुस ८ गतेबाट हुने भएको छ। त्यस्तै, सी डिभिजन लिगको छनोट खेल भने आउँदो असोजमा नै हुने भएको छ।

बी डिभिजनको खेल चैतको ६ गतेबाट हुने भएको छ। गत वर्ष एन्फा कम्प्लेक्समा आयोजना भएको लिग यो वर्ष कहाँ हुने भन्ने चाहिँ तोकिएको छैन। त्यस्तै, सी डिभिजन लिग भने अर्को वर्षको वैशाखमा हुने भएको छ।

प्रकाशित: Aug 11, 2022| 18:12 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।