आइतबार, साउन २४, २०८३

ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अध्यक्ष केपी ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ। 

बिहीबार बसेको एमाले सचिवालय बैठकले आगामी मंसिर ४ मा हुने चुनावको तयारीका लागि अध्यक्ष ओलीको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो। कमिटीमा केन्द्रीय कमिटीका सबै सदस्य तथा केन्द्रीय निकाय र आयोगका पदाधिकारी रहनेछन्। परिचालन कमिटीमा जनसंगठनका अध्यक्ष र महासचिव सहित केन्द्रीय विभागका सचिव रहने छन्। 

सचिवालय बैठकले ८ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन पनि गरेको छ। मस्यौदा कमिटीमा उपाध्यक्षहरु अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र विष्णु रिमाल रहनेछन्। एमालेको स्थायी कमिटी बैठक भदौ ७ गते बस्ने तय पनि सचिवालय बैठकले गरेको छ। पोलिटब्युरो भदौ ९ र केन्द्रीय समिति बैठक १० देखि ११ गते पार्टी बस्ने उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

प्रकाशित: Aug 11, 2022| 17:56 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...