सोमबार, जेठ २५, २०८३

यी तीन आधारमा सिट बाँडफाँड गर्ने सत्ता गठबन्धनको सहमति

आगामी प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँडका लागि बनेको सत्ता गठबन्धनको कार्यदलमा ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशिलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं– आगामी प्रतिनिधिसभा र प्रदेशसभाको सिट बाँडफाँडका लागि बनेको सत्ता गठबन्धनको कार्यदलमा ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, गत स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरुको संवेदनशिलताका आधारमा सिट बाँडफाँडको सैद्धान्तिक समझदारी बनेको छ। 

National life

दलहरुका आ–आफ्ना अडानसहित आगामी सोमबारको बैठकमा आउने गरी आजको बैठक सकिएको छ। कांग्रेसका एक नेताका अनुसार विगतमा बाम गठबन्धन हुँदा जितेका माओवादी केन्द्र, नेकपा एस र जसपाले जितेको स्थानमा कांग्रेसका शीर्ष तहका प्रभावशाली नेताहरु रहेको र अहिलेको जनमत पनि कांग्रेसकै पक्षमा देखिएकाले राजनीतिक संवेदनशीलताको विषय उठेको हो।

बैठकमा संसदमा दलहरुको संख्यालाई मुख्य आधार बनाउने समझदारी भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए। उनले भने, ‘त्यो बेलाको निर्वाचनलाई बेस बनाउने मोटामोटी सहमति भएको छ। दलको प्रत्यक्ष र समानुपातिकतर्फ उपस्थितिको सेरोफेरोमा सहमति गर्ने मोडालिटीमा जानुपर्छ।’

उनले एउटै निर्वाचनको मतको आधारमा तालमेलको मोडालिटी बनाउन नसकिने बताए। स्थानीय तहको निर्वाचनमा सबै राजनीतिक दलले सबै पालिका र पदमा उम्मेदवारी नदिएका कारण त्यसको मतलाई आधार मान्न नसकिने गुरुङले बताए।

गठबन्धनको सिट बाँडफाँड कार्यदलमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला संयोजक छन्।

Shivam cement

प्रकाशित: Aug 11, 2022| 17:43 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...