शनिबार, साउन १६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १७ भट्टीसहित ९० हजार लिटर घरेलु मदिराजन्य पदार्थ नष्ट

१७ भट्टीसहित ९० हजार लिटर घरेलु मदिराजन्य पदार्थ नष्ट

महागढीमाई नगरपालिका–३ र १० का विभिन्न घरमा सञ्चालन भइरहेका अवैध मदिरा भट्टी पसलबाट बुधबार मदिराजन्य पदार्थ नष्ट गरिएको हो।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

बारा- प्रहरीले बारामा १० हजार लिटर अवैध घरेलु मदिरा र ८० हजार लिटर कच्चा पदार्थ नष्ट गरेको छ। महागढीमाई नगरपालिका–३ र १० का विभिन्न घरमा सञ्चालन भइरहेका अवैध मदिरा भट्टी पसलबाट बुधबार मदिराजन्य पदार्थ नष्ट गरिएको प्रहरीले बताएको छ।

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले स्थानिय प्रतिनिधिहरूको रोहवरमा खोजी गर्दा घरभित्र १०/१२ हजार लिटर भन्दा बढी भण्डारण गर्न सकिने पक्की अण्डरग्राउण्ड ट्याङ्कीहरू निर्माण गरी रक्सी उत्पादन गर्न लुकाइछिपाइ भण्डारण र सञ्चालन गरिरहेका १७ वटा अवैध भट्टीहरू उक्त मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

रक्सी उत्पादन गर्ने मेसिन, भाँडा र ड्रमहरू नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको र आगामी दिनमा समेत यस्ता कामलाई निरन्तरता दिइने प्रहरीले बताएको छ।

प्रकाशित: Aug 11, 2022| 16:19 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।