सोमबार, जेठ २५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'गोरखा–२ बाबुरामलाई छोडिन्न, कांग्रेस र माओवादीले एक-एक क्षेत्र बाँड्ने हो'

'गोरखा–२ बाबुरामलाई छोडिन्न, कांग्रेस र माओवादीले एक-एक क्षेत्र बाँड्ने हो'

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले यो पटक गोरखा क्षेत्र नम्बर २ अरू पार्टीलाई छाड्न नसकिने बताएका छन्।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले यो पटक गोरखा क्षेत्र नम्बर २ अरू पार्टीलाई छाड्न नसकिने बताएका छन्। गोरखा पुगेर केन्द्रीय सदस्य पाण्डेले यसपालि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी गठबन्धन गर्ने र गोरखामा एक–एक क्षेत्र बाँड्ने तयारी गरिएको पनि खुलासा गरे। 

National life

पाँच वर्षअघि २०७४ सालमा गोरखा–२ मा तत्कालीन नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराईलाई कांग्रेसले समर्थन गरेको थियो। हालै नेपाल समाजवादी पार्टी गठन गरेका बाबुराम भट्टराई यो पटक पनि गोरखा २ बाट चुनाव लड्ने तयारीमा छन्। उनले आफू सत्ता गठबन्धनमै रहेकोबारे केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा बताएका थिए। प्रधानमन्त्री देउवा निकट नेता पाण्डेले भने यसपालि गोरखा २ अरूलाई नछाड्न पार्टीभित्रैबाट माग र दबाब आइरहेको बताए ।

उनले गोरखाका प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र बराबर लिने गरी कांग्रेस–माओवादीबीच चुनावी तालमेल हुने बताए। पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पाण्डेले भने, ‘स्थानीय चुनावमा आएको मत हेर्ने हो भने कांग्रेस–माओवादीको उस्तै उस्तै छ। सत्ता गठबन्धनमा रहेका अन्य दलको उपस्थिति गोरखामा कमजोर छ।’

पाण्डेले सधैं अरूलाई छाड्दा कार्यकर्ताले विद्रोह गर्न सक्ने भन्दै गोरखा २ मा आफू उम्मेदवार बन्ने चाहना पनि व्यक्त गरे। भने, ‘यसअघि गोरखा २ बाबुराम भट्टराईलाई हामीले छाडेको हो। रूखमा भोट हाल्न नपाएकोमा गोरखा २ का कांग्रेस कार्यकर्ता रूष्ट छन्। चुनाव जितेपछि बाबुरामजीले  कांग्रेसजनलाई नै चित्त दुख्ने अभिव्यक्ति दिँदै हिँड्नुभयो।’ गोरखामा प्रतिनिधिसभा क्षेत्र २ र प्रदेश सभा क्षेत्र ४ वटा छन्। गोरखा १ प्रतिनिधि सभा क्षेत्र माओवादीलाई छाड्ने र गोरखा २ कांग्रेसले राख्ने तयारी गरेको हो।

प्रकाशित: Aug 11, 2022| 13:52 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...