मंगलबार, पुस १, २०८२

छात्रवृत्ति र दिवा खाजाको रकम शिक्षकको तलबमा खर्च

कालिकोटको तिलागुफा नगरपालिका–५ मा रहेको कालिका माविले विद्यार्थीको छात्रवृत्ति कटाएर शिक्षकलाई तलब खुवाएको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

सुर्खेत- कालिकोटको तिलागुफा नगरपालिका–५ मा रहेको कालिका माविले विद्यार्थीको छात्रवृत्ति कटाएर शिक्षकलाई तलब खुवाएको छ। विद्यार्थीको छात्रवृत्ति र दिवा खाजाबापतको रकमबाट शिक्षकलाई तलब खुवाएपछि विद्यार्थीहरुले चार वर्षदेखि छात्रवृत्ति पाउन सकेका छैनन्। 

National life

विद्यार्थीको नाममा आएको छात्रवृत्तिबाट विद्यालयले निजी स्रोतका शिक्षकलाई तलब खुवाउन थालेपछि ४ वर्षअघि नियमित विद्यार्थीको हातमा जाने छात्रवृत्ति रकम नपाएको विद्यार्थी र अभिभावकको गुनासो छ। यहाँका विद्यार्थीले दिवा खाजाको रकम समेत नपाएको बताएका छन्। 

वार्षिक १ लाखदेखि २ लाख रुपैयाँसम्म विभिन्न छात्रवृत्ति रकम र वार्षिक ३ लाख दिवा खाजा रकम विद्यार्थीले नपाएको ४ वर्ष भएको विद्यालयका प्रधानाध्यापक देवीभक्त न्यौपानेले बताए । ‘निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउनुपर्ने भएकाले अभिभावकको सल्लाहमै छात्रवृत्ति र दिवा खाजाको रकमबाट शिक्षक राख्नु परेको हो,’ उनले भने। 

विद्यार्थीको छात्रवृत्ति र दिवा खाजा कटाएर विद्यालयले माध्यमिक तहमा ३ र प्राथमिक तहमा ३ जना शिक्षक राखेको प्राधानाध्यापक न्यौपानेले बताए। निजी शिक्षकलाई नगरपालिकाले तलब दिने भएकाले यस वर्षबाट विद्यार्थीको रकम विद्यार्थीलाई नै फिर्ता गरिने उनको भनाइ छ। ‘यो वर्ष नगरपालिकाले शिक्षकलाई तलब खुवाउने भएकोले अब छात्रवृत्ति र दिवा खाजाबापतको रकम विद्यार्थीलाई फिर्ता गरिने छ,’ उनले भने। 

दिवा खाजाका लागि एक जना विद्यार्थीका लागि साविकको कर्णाली अञ्चलका ५ वटा जिल्लाका विद्यालयका लागि दैनिक २० रूपैयाँका दरले र अन्य सबै विद्यालयका लागि दैनिक १५ रूपैयाँका दरले एक वर्षमा जम्मा १८० दिनको खाजाबापतको रकम विद्यार्थीले पाउने व्यवसथ छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 11, 2022| 14:10 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।