आइतबार, साउन २४, २०८३

लोसपाले आज निर्वाचन आयोगमा दल दर्ता गर्‍यो

आगामी मंसिर ४ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टीले दल दर्ता गराएको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं- आगामी मंसिर ४ गते तय भएको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लोकतान्त्रिक समाजवादी पार्टीले दल दर्ता गराएको छ।

लोकतान्त्रिक समाजवादी पार्टी आज मध्याह्न दल दर्ताका लागि निर्वाचन आयोगको कार्यालय पुगेको हो।

निर्वाचन आयोगले यही साउन २२ गतेदेखि दल दर्ता सुरु गरेको थियो। दल दर्ताको कार्यक्रम साउन ३१ गतेसम्म चल्ने छ।

निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको लागि तयार पारेको कार्यतालिका अनुसार आगामी असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको दिन तोकिएको छ।

उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशित गर्ने र २८ गतेदेखि मतपत्र छपाइ सुरु गर्ने आयोगको कार्यतालिका छ।

प्रकाशित: Aug 11, 2022| 13:00 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...