शनिबार, साउन १६, २०८३

सर्लाहीमा एक महिलाको पोखरीमा डुबेर मृत्यु

सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीया अर्चना यादव रहेकी छन्।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

जनकपुरधाम- सर्लाहीमा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २१ वर्षीया अर्चना यादव रहेकी छन्।

यादवको बुधबार साँझ सर्लाहीको मलंगवा नगरपालिका-५ भाँडसरस्थित राम जानकी मन्दिरको सार्वजनिक पोखरीमा डुबेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

भारतको सीतामढी जिल्ला ग्राम पंचायत जयनगर अररियामा घर भएकी यादव माइती घर मलंगवा-५ मा बस्दै आएकी थिइन्।

शवको जाँच प्रकृति मुचुल्का गरी प्रादेशिक अस्पताल मलंगवाको शवगृहमा राखिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता विजय यादवले बताए।

प्रकाशित: Aug 11, 2022| 12:53 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।