शनिबार, मंसिर ६, २०८२

विश्वकप फुटबल एक दिनअघि नै सुरु हुँदै

आउँदो नोभेम्बर २१ बाट कतारमा सुरु हुने फिफा विश्वकप एक दिनअघि नोभेम्बर २० बाटै सुरु हुने भएको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं– आउँदो नोभेम्बर २१ बाट कतारमा सुरु हुने फिफा विश्वकप एक दिनअघि नोभेम्बर २० बाटै सुरु हुने भएको छ। पहिलो दिनको खेलमा आयोजक कतारले इक्वेडरसँग खेल्ने भएको छ।

National life

समूह एको पहिलो खेलमा आयोजकले कतारले इक्वेडरसँग खेल्ने तयारी भएसँगै विश्वकप एक दिनअघि सर्ने भएको हो।

यद्यपि प्रतियोगिताको उद्घाटन खेल भने सेनेगल र नेदरल्यान्डबीच हुनेछ। यता फिफाको प्रशासनिक अंगले भने कतारको खेल चाहिँ एक दिन अघि सारेको हो। यसबारे कतार र दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबल) ले निवेदन गरेपछि खेले अघि सार्ने योजना भएको हो।

तर यसबारे अन्तिम निर्णय भने फिफा ब्युरो काउन्सिलले मात्र दिनेछ। जहाँ, फिफा अध्यक्ष जियान्नी एन्फान्टिनो र सबै महादेशका प्रतिनिधि (अध्यक्ष) रहनेछन्।

यदि यो कुरा कार्यान्वयन भए पनि खेलाडीको रिलिज हुने दिन भने परिवर्तन हुनेछैन। अनि सेनेगल र नेदरल्यान्ड्सको खेल समय भने सोमबार ४ बजे (ग्रिनबीच मिनटाइम) अनुसार हुनेछ।

Laxmi sunrise bank
kumari

यससँगै पहिलो दिन निर्धारण गरिएका चार खेलमध्ये तीन खेलमात्र हुनेछन्। सोहि दिन हुने इंग्ल्यान्ड र इरानको खेललाई यो तालिकाले प्रभाव पार्ने छैन भने वेल्स र अमेरिकाको खेल भने राति ९ बजे (ग्रिनबीच मिनटाइम) अनुसार हुनेछ।

प्रकाशित: Aug 11, 2022| 12:45 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।