आइतबार, जेठ ३, २०८३

भारतीय नागरिकसहित चार ब्राउनसुगर कारोबारी पक्राउ

भारतीय नागरिकसहित झापाको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

झापा- भारतीय नागरिकसहित झापाको विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगर कारोबारमा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। 

National life

बुधबार दिउँसो वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-३ झोलुङगे पुलबाट भारतबाट नेपालतर्फ आउँदै गरेका भारत पश्चिम बंगाल दार्जिलिङ थाना खुरीबारी भेलकोजोत बस्ने ४२ वर्षीय निखिल विश्वासलाई ब्राउन सुगर ३ ग्राम ८०० मिलिग्रामसहित पक्राउ गरेको हो। 

यस्तै, बुधबार बेलुका लागुऔषध नियन्त्रण ब्यूरो काकडभिट्टा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका-२ चारपानेबाट सोही स्थान बस्ने ३६ वर्षीय बद्री राजवंशीलाई ब्राउन सुगर ३ ग्रामसहित पक्राउ गरेको हो।

बुधबार नै राति ८ बजे झापाकै दमक नगरपालिका ९ ईटाभट्टाबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले को २९ प २२३४ नम्बरको मोटरसाइकलमा सवार रहेका गौरादह नगरपालिका १ बस्ने ३३ बर्षीय भिम बहादुर श्रेष्ठ र ३२ बर्षीय मोहन सिलवाललाई ब्राउन सुगर २५ ग्राम र नगद १० हजार सहित पक्राउ गरेको हो। 

चारै जनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रकाशित: Aug 11, 2022| 11:51 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।