सोमबार, जेठ २५, २०८३

सत्तारुढ गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

दिउसो २ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा दलहरुले आ-आफ्नो दाबेदारी पेश गर्ने तयारी गरेका छन्।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९
National life
Shivam cement

काठमाडौं- प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँडका लागि पाँच दलीय गठबन्धनले निमार्ण गरेको कार्यदलको दोस्रो बैठक बिहीबार बस्दैछ। दिउसो २ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा दलहरुले आ-आफ्नो दाबेदारी पेश गर्ने तयारी गरेका छन्। 

यो पहिलो बैठकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई कार्यदलको संयोजक तोकेको थियो। कार्यदलले एक सय ६५ संघीय निर्वाचन क्षेत्र र तीन सय ३० प्रदेश निर्वाचन क्षेत्रको भागबण्डा गर्ने छ।

कार्यदलले टुंगो लगाउन नसकेका निर्वाचन क्षेत्रका बारेमा पाँच दलका शीर्ष नेताहरुको बैठकले टुंगो लगाउने छ। कार्यदलमा कांग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई जना सदस्य छन्।

प्रकाशित: Aug 11, 2022| 09:26 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...