आइतबार, जेठ ३, २०८३

बालिकालाई जंगलमा लगेर बलात्कार गर्ने युवक पक्राउ

मोरङको पथरीशनिश्चरेकी १४ वर्षीया बालिकालाई बलात्ककार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

विराटनगर- मोरङको पथरीशनिश्चरेकी १४ वर्षीया बालिकालाई बलात्ककार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

National life

निगुरो टिप्न जाउँ भन्दै जंगलमा लगेर बेलबारीका २१ वर्षीय सन्तोष नेपालीले बलात्कार गरेको प्रहरीले जनाएको छ। 

बेलबारीस्थित सिंहदेवी सामुदायिक वनभित्रको खोल्सामा लगेर बालिकालाई नेपालीले बलात्कार गरेको मोरङ प्रहरीले जनाएको छ। गत सोमबार साँझ ५ बजेतिर बालिका बलात्कृत भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ। बेलबारीस्थित दिदीको घर आएको बेलामा नेपाली र बालिकाको चिनजान भएको प्रहरीले जनाएको छ। 

बिहे गर्छु भन्दै बलात्कार गरेपछि नेपालीले बालिकालाई आफ्नो घर पनि लिएर गएका थिए। परिवारका सदस्यले अस्वीकार गर्दै विभिन्न धाकधम्की दिएर लखेटेपछि पीडित कानेपोखरी प्रहरीको शरणमा पुगेकी थिइन्। आफू असुरक्षित भएको भन्दै बालिका प्रहरीको शरणमा पुगेपछि बलात्कारको घटना बाहिरिएको हो। 

बलात्कार आरोपी नेपालीलाई इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले सोमबार राति घरैबाट पक्राउ गरेको छ। उनीविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन बुधबार अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ।

प्रकाशित: Aug 11, 2022| 08:22 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।