सोमबार, असोज ८, २०८०

सुपर कपको उपाधि रियल मड्रिडलाई, बालेन डि’ओरको नजिकै बेञ्जिमा

युरोपेली सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। बुधबार राति फिनल्यान्डको राजधानी हेलेसिन्की नजिकै रहेको हेलेसिन्की ओलम्पिक रंगशालामा सम्पन्न खेलमा रियल मड्रिडले जर्मन क्लब आइन्ट्राक्ट फ्रांकफर्टलाई हराउँदै उपाधि जितेको हो।
 |  बिहीबार, साउन २६, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं- युरोपेली सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। बुधबार राति फिनल्यान्डको राजधानी हेलेसिन्की नजिकै रहेको हेलेसिन्की ओलम्पिक रंगशालामा सम्पन्न खेलमा रियल मड्रिडले जर्मन क्लब आइन्ट्राक्ट फ्रांकफर्टलाई हराउँदै उपाधि जितेको हो।

sagarmatha cement

रियलका लागि डिफेन्डर डेविड अल्वा र फरवार्ड करिम बेञ्जिमाले समान १–१ गोल गरेका थिए। खेलको ३७औं मिनेटमा अल्वाले गोल गरेपछि रियलले पहिलो हाफमै एक गोलको अग्रता बनाएको थियो।

यता खेलको दोस्रो हाफको ६५औं मिनेटमा फ्रेन्च फरवार्ड करिम बेञ्जिमाले गोल गरेपछि रियलले २–० को अग्रता बनाएको थियो। सोही अग्रताका साथ रियलले उपाधि जितेको हो। गएराति फ्रांकफर्टले पहिलोपटक सुपर कपमा डेब्यू गरेको थियो। तर उसको यात्रा सम्झनलायक रहेछ। 

खेल अवधिभर ४२ प्रतिशत समय मात्र बलमा नियन्त्रण राखेपछि फ्रांकफर्टले रियलविरुद्ध तीन पटक मात्र पोस्टमा प्रहार गर्न सकेको थियो। तर फ्रांकफर्टका सबै प्रयास खेर गए।

बालेन डि’ओर

गएरातिको जितसँगै रियल मड्रिडका फारवार्ड करिम बेञ्जिकाले बेलोन डोरमा आफ्नो रेसलाई अझै बलियो बनाएका छन्। उनले ३२४ गोल पुरा गर्दै बालेन डि'ओरतर्फ अग्रसर भएका हुन्।

यसअघि कार्लो एन्सोलोटीको टिमले च्याम्पियन्स लिगको फाइनलमा प्रिमियर क्लब लिभरपुललाई हराउँदै उपाधि जितेको थियो। तर आजको खेलमा बेञ्जिमाले गोल गरेपछि रियल मड्रिडमा सर्वाधिक गोल गर्नेमध्येका राउललाई उनले पछि छोडेका छन्। अहिले उनीभन्दा अघि धेरै गोल गर्नेमा क्रिस्टियानो रोनाल्डो मात्र कायम छन्।

रियलबाट सर्वाधिक धेरै गोल गर्नेको दोस्रो स्थानमा पुगेका छन् बेञ्जिमा। उनले यो सिजन सबैभन्दा सुखद रूपमा बिताएका छन्। लालिगा देखि युरोपेलि च्याम्पियनको समेत उपाधि जितेका उनले सुपर कप पनि जितिसकेका छन्। उनले सिजनभरी ४६ खेलबाट ४४ गोल गरेका छन्।

उनले उपाधि जितेपछि बेञ्जिमाले पूर्व सहकर्मी रोनाल्डोले आफूलाई पिच बाहिर र भित्र धेरै सहयोग गरेको पनि बताएका छन्। ‘उनी एकदमै राम्रा सेन्टर फरवार्ड थिए,’ इंग्ल्यान्डका पूर्व मिडफिल्डर हाग्रेभ्सले भने, ‘यस्तो अवसरमा राम्रो खेलाडीहरू बाहिर देखिने गर्दछन्। जब उनीहरूलाई बेञ्जिमा चाहिन्छ, उनीजस्ता खेलाडी जन्मिनेछन्।’

त्यस्तै, उनले यदि यो सिजन पनि बेञ्जिमाले बोलोन डोर नजितेको अवस्थामा उनले कहिल्यै पनि नजित्ने पनि बताएका छन्। त्यस्तै हाग्रेभ्सले बेञ्जिमालाई प्रतिस्थापन गर्न नसकिने खेलाडी भएको जनाएका छन्।

प्रकाशित: Aug 11, 2022| 08:10 बिहीबार, साउन २६, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

क्यान अध्यक्षमा दोहोरिए चन्द

क्यान अध्यक्षमा दोहोरिए चन्द

दोस्रो कार्यकालका लागि अध्यक्ष चन्दसहित उपाध्यक्ष र कोषाध्यक्ष पनि निर्विरोध भएका हुन्।
एसियाडमा नेपालबाट हालसम्मकै धेरै २५३ खेलाडी सहभागी

एसियाडमा नेपालबाट हालसम्मकै धेरै २५३ खेलाडी सहभागी

एसियाका कीर्तिमानधारी खेलाडीको जमघट, विश्वका ४५ देशको सहभागिता रहने कुल ४० खेलमध्ये प्रतियोगितामा नेपालका तर्फबाट २९ खेलमा १२७ महिला र १२६ जना पुरुष गरी २५३...