शनिबार, मंसिर ६, २०८२

एन्फा कार्यसमितिको दोस्रो बैठक आज, यी विषयमा छलफल हुने

यसअघि साउन ५ गते बोलाइएको दोस्रो बैठक सुरुआतमै स्थगित भएपछि बैठक बिहीबार बस्न लागेको हो।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

काठमाडौं- अखिल नेपाल फुटबल संघ(एन्फा) को दोस्रो बैठक आज बस्दैछ। यसअघि साउन ५ गते बोलाइएको दोस्रो बैठक सुरुआतमै स्थगित भएपछि बैठक बिहीबार बस्न लागेको हो। यसअघि बोलाइएको बैठकमा तय गरिएको एजेन्डामै प्रवेश नगरीकन बैठक स्थगित भएको थियो।

National life

पंक विक्रम नेम्बाङ अध्यक्ष चुनिएपछि एन्फाको पहिलो कार्यसमितिको बैठक विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई र महासचिवमा किरण राईलाई नियुक्त गरेको थियो। तर सो निर्णय नै विवादमा परेपछि दोस्रो बैठकमा विदेश विभाग प्रमुखको नियुक्तिको विषय पुनः छलफलमा ल्याइने भएको छ।

त्यस्तै, बिहीबारको बैठकमा मूख्य गरि महिला साफ च्याम्पियनसिपबारेमा छलफल हुने एन्फाले जनाएको छ। आगामी भदौ २५ गतेबाट दशरथ रंगशालामा महिला साफ च्याम्पियनसिप आयोजना हुँदैछ।

बैठकमा एन्फाले २२ एजेन्डामा छलफल गर्ने भएको छ। पहिले तय भएका १८ र पछि थपिएका चार गरी २२ एजेन्डामा छलफल हुन लागेको हो। एन्फाको बैठक बिहान १० बजे सुरु हुने एन्फाले जानकारी दिएको छ।

आजको बैठकमा तोकिएको पहिलो साफको एजेन्डा रहेको छ। त्यसमा उपसमिति गठन, स्थान र समय निर्धारण, प्रशिक्षक र मेनेजरको नियुक्ति, भेन्युमा खटिने कर्मचारी नियुक्तिका साथै बजार व्यवस्थापक र टिकट पाटनरबारे पनि बैठकमा छलफल हुने एन्फा जनाएको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै, नेपाल सुपर लिग, सी डिभिजन छनोट, दैनिक फुटबल प्रशिक्षणका साथै यू २० र यू १७ को टिम सहभागिताबारे पनि एन्फाले बैठकमा छलफलका लागि एजेन्डा तय गरेको छ। नेपालको यू २० टिमले भारतको ओडिसामा प्रतियोगिता खेल्ने कार्यक्रम रहेको छ भने श्रीलंकामा नेपालको यू १७ ले साफ खेल्ने तय छ।

एएफसी एसियन कप यू २० को छनोट र एएफसी एसियाली यू १७ को छनोटबारे पनि बैठकमा बहस हुनेछन्। त्यसबाहेक, आर्थिक सहयोगको मापदण्ड निर्धारण, राष्ट्रिय टिमलाई चाहिने सामान खरिद, डलर खाता खोल्ने, पदाधिकारीको नियुक्तिलगायतको विषयमा छलफल हुने बैठकमा छलफलका लागि निर्धारण गरिएको एन्फाले जनाएको छ।

त्यस्तै पछि थप गरिएको एजेन्डाहरूमा सीईओको नियुक्ति, विशेष साधारण सभा, महिला लिगको दोस्रो चरणको खेलका साथै राष्ट्रिय लिगको विषय पनि बैठकमा छलफल हुनेछन्। त्यसबाहेक, ए बी सी डिभिजन लिगको खेलका साथै ललित स्मृति यू १८ को राष्ट्रिय प्रतियोगिताबारेमा पनि बैठकले निर्णय गर्नेछ।

प्रकाशित: Aug 11, 2022| 07:30 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।