आइतबार, जेठ ३, २०८३

धनुषामा थपिए १२ हजार मतदाता

प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन्।
 |  बिहीबार, साउन २६, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २६, २०७९

National life

धनुषा- धनुषामा १२ हजार १९४ मतदाता थपिएका छन्। प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन्।  

स्थानीय तहको निर्वाचनपश्चात २०७९ असार १ गतेदेखि साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा छ हजार नौ सय ९८ पुरुष र पाँच हजार १९ महिला मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्णचन्द राउतले जानकारी दिए। जिल्ला बाहिरका तीन सय १२ पुरुष र एक सय ३८ महिला मतदातासमेत थपिएका छन्।  

मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु भइरहेको र आयोगबाट रुजु भएर अन्तिम मतदाता नामावली आएपछि मात्र जिल्लामा कति मतदाता पुगेको भन्न सकिने राउतको भनाइ छ। आयोगले धनुषामा निर्वाचन कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय र यदुकाहास्थित इलाका प्रहरी कार्यालयबाट मतदाता नामावली सङ्कलन गरेको थियो। गत वैशाख ३० गतेसम्म स्थानीय तह निर्वाचनमा धनुषामा चार लाख ६७ हजार तीन सय ८८ मतदाता थिए। 

प्रकाशित: Aug 11, 2022| 06:20 बिहीबार, साउन २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।